रजनीकान्तकी छोरी दोस्रो पटक विवाह गर्दै, आमाले घरको सुरक्षा बढाउन पुलिसलाई लेखिन् पत्र
भारतका सुपरस्टार भनिने रजनीकान्तकी छोरी सौन्दर्याले आफू नायक विशागन वनंगमुदीसँग विवाह गर्न लागेको सोमबार जानकारी दिएकी छिन् । उनी फेब्रुअरी ११ तारिखमा विवाह हुँदैछ । सौन्दर्याले ट्वीट गरिन्, ‘एक हप्ता बाँकी । दुलही मोड, विशागन वेड सौन्दर्या ।’
आमाले घरमा सुरक्षा बढाउने माग गरिन्ः
उनको विवाह रजनीकान्तको पोइस गार्डनस्थित घरमा हुनेछ जसमा विवाहको तयारी मज्जाले सुरु भइसकेको छ । एक वेबसाइटका अनुसार रजनीकान्तकी श्रीमती लताले तमिलनाडु पुलिसलाई चिट्ठी लेखेर घरबाहिर सुरक्षा बढाउने माग गरेकी छिन् । उनका अनुसार घर बाहिर ट्राफिक जामको स्थिती हुनसक्छ र फ्यानको ओइरो लाग्न सक्ने भएकाले पुलिसको सहयोग मागिएको हो । फेब्रअुरी १० देखि विवाहको कार्यक्रम सुरु हुनेछ, ११ फेब्रुअरीमा विवाह र त्यसपछि १२ मा रिसेप्सन ।
#OneWeekToGo #BrideMode #Blessed 😊😊😊🙏🏻🙏🏻🙏🏻 #VedVishaganSoundarya #Family ❤️❤️❤️ pic.twitter.com/fJYkHp8J1l
— soundarya rajnikanth (@soundaryaarajni) February 4, 2019
सौन्दर्याको दोस्रो विवाहः
यो सौन्दर्याको दोस्रो विवाह हो । यसअघि सौन्दर्याको उद्योगपती रामकुमारसँग सन् २०१० मा विवाह भएको थियो र उनीहरुले सन् २०१६ मा सम्बन्धविच्छेद गरेका थिए । उनीहरुका वेद नामका एक छोरा छन् ।
ग्राफिक डिजाइनरको रुपमा आफ्नो करियर सुरु गर्ने सौन्दर्याले ‘बाबा, मजा, संदाकोझी र शिवाजी’ जस्ता फिल्ममा काम गरेका छन् । यस्तै विशागनले सन् २०१८ मा तमिल फिल्म वंजागर उलागममार्फत अभिनयको सुरुवात गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण