बेइजिङको यीझुआङ जिल्लामा चालकविहीन सवारीसाधन अहिले सामान्य दृश्य बनेका छन् । रोबोट्याक्सीहरू सामान्य कारहरूसँगै सडकमा सहज रूपमा गुडिरहेका हुन्छन् भने स्वचालित डेलिभरी भ्यानहरूले भित्री लेन हुँदै पार्सलहरू सङ्कलन केन्द्रसम्म पुर्याइरहेका...