एमालेले चुनावी विश्लेषणात्मक प्रतिवेदन बनाउने
चुनावअघि १५० सिट जितेर एकल बहुमतको सरकार बनाउने घोषणा गरेको नेकपा एमालेले कमजोर नतिजा आएपछि चुनावका क्रममा भएका कमी कमजोरीबारे समीक्षात्मक प्रतिवेदन तयार पार्ने भएको छ ।
एमाले केन्द्रीय निर्वाचन विभागको बुधबार बसेको बैठकले चुनावको समग्र पक्षलाई समेटेर प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो । महासचिव शंकर पोखरेलको उपस्थिति र उप–महासचिव प्रमुख विष्णु रिमालको अध्यक्षतामा बसेको बैठकले एक साताभित्र प्रतिवेदन तयार गर्ने निर्णय गरेको एमाले केन्द्रीय निर्वाचन उपप्रमुख नीरज आचार्यले जानकारी दिए ।
उनले बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समग्र समीक्षा प्रतिवेदन तयार गर्नुका साथै वार्षिक क्यालेन्डर कार्यन्वयन लगायतका महत्वपुर्ण योजना बनाएको बताए ।
मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस ८९ सिटसहित पहिलो दल बन्दा एमाले दोस्रो दल बनेको छ । उसले प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सिटमात्र जितेको छ । समानुपातिकतर्फ भने एमालेले सवैभन्दा धेरै मत ल्याएको छ ।
एमालेले तयार गर्ने प्रतिवेदनमा पार्टी कमिटीका तर्फबाट भएका कमीकमजोरी, राज्यपक्षबाट भएका धाँधली, पार्टीभित्रै भएको अन्तर्घात, पार्टीका घोषणापत्र र प्रतिवद्धताका सवल र दुर्वल पक्षलाई समेट्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
-
१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण