बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एमाले कर्णालीमा दलको नेता को ?

आइतबार, १० पुस २०७९, १० : १८
आइतबार, १० पुस २०७९

नेकपा एमाले कर्णाली प्रदेश, संसदीय दलको नेताका लागि तीव्र लविङ सुरु भएको छ । प्रदेश सभामा १० सांसद रहेको एमालेको संसदीय दलको नेता चयन हुन कम्तिमा ६ जनाको समर्थन आवश्यक पर्छ ।

यसरी हेर्दा दलको नेता बन्न प्रयास गर्ने एमाले प्रदेश इन्चार्ज यामलाल कँडेलको पक्षमा हालसम्म चार जना सांसद खुलेका छन् भने एमाले प्रदेश अध्यक्ष विनोद शाहको पक्षमा ६ जना सांसद खुलेका छन् ।

‘हालसम्म दलको नेता बन्न दुवै जनाले तीव्र आकाङ्क्षा देखाएका छन् । शाह निकटका एक सांसदले भने, ‘त्यस्तो हुँदा ६ जना अहिले नै शाहको पक्षमा खुलिसकेका छौं । चार जना उहाँको पक्षमा खुल्नु भएको छ । बहुमत ल्याउन ६ जना भए पुग्ने भएका कारण बहुमत अध्यक्ष शाहको पक्षमा देखिएको छ । उसो त दलको नेता बन्ने लाईनमा ‘क्लियर’ देखिएका शाहले हालसम्म दलको नेता बन्ने घोषणा गरेका छैनन् तर उनको लविङ दलका नेता केन्द्रित नै देखिएको छ ।

चुनावमा मुख्यमन्त्रीका दावेदार भने प्रचारित शाह र कंडेल दुवैबिच दलको नेता बन्नु प्रतिष्ठाको विषय बनेको हो । पुस ११ गते कर्णाली प्रदेशससभा सदस्यको सपथ रहेको छ । 
न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप