बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेका मन्त्री छान्न बालकोटमा छलफल

मङ्गलबार, ०३ माघ २०७९, १० : ०४
मङ्गलबार, ०३ माघ २०७९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट मन्त्री छान्न निकटस्थहरूसँग छलफल थालेका छन् । अध्यक्ष ओलीले निजी निवास बालकोटमा उपलब्ध पार्टीका पदाधिकारीहरूलाई बालकोट बोलाएर मन्त्रीको टुङ्गो लगाउन छलफल थालेका हुन् । 

छलफलमा उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल लगायतका नेता सहभागी छन् । सत्ता साझेदार दलबीचको सहमति अनुसार एमालेले ८ मन्त्री र २ राज्यमन्त्री पाउने बुझिएको छ । 

एमालेको भागमा परेको परराष्ट्र मन्त्रालयमा कसलाई पठाउँछ भन्ने चासो बढेको छ । यद्यपि अध्यक्ष ओली परराष्ट्र मन्त्रीका रूपमा राष्ट्रिय सभा सदस्य विमला राई पौडेललाई शपथ खुवाउने तयारीमा रहेको बुझिएको छ । तर पौडेललाई परराष्ट्र मन्त्री बनाउँदा एमालेमा असन्तुष्टि बढ्ने कतिपय नेताहरूको भनाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप