एमालेका मन्त्री छान्न बालकोटमा छलफल
मङ्गलबार, ०३ माघ २०७९, १० : ०४
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट मन्त्री छान्न निकटस्थहरूसँग छलफल थालेका छन् । अध्यक्ष ओलीले निजी निवास बालकोटमा उपलब्ध पार्टीका पदाधिकारीहरूलाई बालकोट बोलाएर मन्त्रीको टुङ्गो लगाउन छलफल थालेका हुन् ।
छलफलमा उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल लगायतका नेता सहभागी छन् । सत्ता साझेदार दलबीचको सहमति अनुसार एमालेले ८ मन्त्री र २ राज्यमन्त्री पाउने बुझिएको छ ।
एमालेको भागमा परेको परराष्ट्र मन्त्रालयमा कसलाई पठाउँछ भन्ने चासो बढेको छ । यद्यपि अध्यक्ष ओली परराष्ट्र मन्त्रीका रूपमा राष्ट्रिय सभा सदस्य विमला राई पौडेललाई शपथ खुवाउने तयारीमा रहेको बुझिएको छ । तर पौडेललाई परराष्ट्र मन्त्री बनाउँदा एमालेमा असन्तुष्टि बढ्ने कतिपय नेताहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
-
१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण