बालकृष्ण पत्नी मञ्जुको कनेक्सन खोज्दै प्रहरी
काठमाडौँ । बालकृष्ण खाण २०७८ असार २९ देखी २०७९ पुस ११ सम्म गृहमन्त्री भए । सो अवधिमा गृह मन्त्रालय अन्तर्गतका सुरक्षा निकायका अधिकृतहरुको सरुवा–बढुवा र प्रजिअहरुको सरुवामा बालकृष्ण पत्नी मञ्जु खाणको रजगज चल्थ्यो । खाणका स्वकीय सचिव नरेन्द्र केसी अहिलेसम्म प्रहरीमा सबैभन्दा धेरै हस्तक्षेप गर्ने ‘पिए’को रुपमा प्रहरी अधिकारीहरु सम्झन्छन् ।
भुटानी शरणार्थीको कोटामा अमेरिका पठाइदिने नाममा नेपाली नागरिकलाई ठगेको घटनामा बालकृष्ण पत्नी मञ्जु पनि संलग्न रहेको आशंका गरिएको छ । तर, स्वतन्त्र तथ्यहरुबाट आशंका पुष्टि भएको छैन । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरुले त्यसबारे अनुसन्धान गरिरहेका छन् ।
मञ्जु नेपाली कांग्रेसकी केन्द्रीय सदस्य र समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य छिन् । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी गर्ने गिरोहका सदस्यहरूले चाहिँ मञ्जुबारे ‘अडियो कुराकानी’ गरेका छन् ।
अमेरिका जाने आशामा पैसा बुझाएका एक पीडित र दाङका सन्देश शर्माको बीचमा भएको अडियो कुराकानी प्रहरीले फेला पारेको छ । पीडितसँग सन्देश शर्माले भनेका छन्,‘बालकृष्ण खाणलाई पैसा बुझाएको छु, मञ्जु दिदिलाई हनुमानस्थानस्थित घरमा लगेर पैसा बुझाएको हुँ मसँग रेकर्ड छ ।’
सन्देशलाई प्रहरीले २०७९ चैत २९ मा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । अडियोमा पीडितले अमेरिकामा मान्छे पठाउन नसके रकम फिर्ता माग्दा शर्मा भन्छन्,‘गरिदिने मान्छेलाई पैसा दिएका छौं, समिति बनाउने बार्गेनिङ गरेर हामीसँग नै खाइरहेका छन्, नियतवश प्रमुख जिल्ला अधिकारीको सरुवा गरेर काम लम्ब्याउन खोजिँदै छ ।’
पीडितहरुले नै प्रहरीलाई सो अडियो बुझाएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले अडियोलाई अन्य प्रमाणबाट पुष्टि गर्नेगरी अनुसन्धान भइरहेको बताए । रातोपाटीसँग कार्कीले भने,‘अडियोमा बोले अनुसार अन्य तथ्यबाट पनि सो कुरा पुष्टि हुनुपर्छ, त्यसबारे अनुसन्धान हुँदै छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण