पार्टी ७५ वर्ष पुगेको अवसरमा एमालेले अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलन गर्ने
शनिबार, ३० वैशाख २०८०, १८ : २३
काठमाडौँ । नेकपा एमालेले पार्टी स्थापनाको ७५ वर्षको अवसरमा अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलन गर्ने निर्णय गरेको छ । शनिवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टी ७५ वर्ष पुगेको अवसरमा विश्वका कम्युनिस्ट पार्टीहरूलाई बोलाएर अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय एमाले नेता विष्णु रिजालले जानकारी गराए ।
यस्तै पार्टीको ७५ वर्षको इतिहास झल्काउनेबारे कुनै ठाउँमा स्मारक बनाउने निर्णय पनि भएको छ । मिसन ग्रासरुट अभियान अन्तर्गत अगामी १ वर्षसम्म केन्द्रीय सदस्यले आफ्नो भूगोल बाहेकको अर्को क्षेत्रमा गएर संगठन बनाउने काममा लाग्ने निर्णय भएको नेता रिजालले जानकारी गराए । आगामी १ वर्ष सबै केन्द्रीय सदस्य आफ्नो भूगोलभन्दा फरक भूगोलमा गएर राजनीतिक, सांगठानिक, वैचारिक काम गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
-
१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण