तिहारमा नबिकेको फूल व्यापारीले दिए गुर्जो अभियानलाई
काठमाडौँ । तिहारमा नबिकेर रहेको सयपत्रीलगायत फूल व्यापारीले निःशुल्क रुपमा आयुर्वेदिक औषधी बनाउन दिएका छन् ।
कालिमाटी र भृकुटीमण्डप क्षेत्रका व्यापारीबाट निःशुल्क प्राप्त पाँच हजार किलोग्राम फूल राम्ररी सुकाएर गुर्जो चिया तथा ग्याष्ट्रिक, अल्सर, माइग्रेन, जोर्नीको समस्या, चिन्ता, शक्तिवद्र्धक आदिमा उपयोगी हुने चूर्णमा प्रयोग गरिने अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए । आयुर्वेदिक औषधी बनाउँदा यस क्षेत्रका विज्ञसँग पनि सल्लाह लिइने उनले बताए ।
आयुर्वेदिक चिकित्सकको परामर्शमा गुर्जोलगायत ६० प्रकारका जडिबुटीबाट बनाइने औषधी निःशुल्क वितरण गरिने पनि राष्ट्रिय महिला आयोगको सचिवसमेत रहेका अभियानकर्मी राजलवटले जानकारी दिए । पाँच हजार किलोग्राम निःशुल्क प्राप्त फूलको व्यवस्थापनमा स्वयंसेवकहरु शोभिता भट्टराई, कलावती भट्टराई, योग गुरु सुरेन्द्र रिमाल तथा किशोर श्रेष्ठ खटिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
-
१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण