सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : अग्नि परीक्षामा प्रधानमन्त्री, विश्वासको मत नदिन कांग्रेसको ह्वीप

सोमबार, २८ फागुन २०८०, २० : ४७
सोमबार, २८ फागुन २०८०

आज २०८० फागुन २८ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा तीन प्रदेश प्रमुख हटाइए, नयाँ गठबन्धनअनुसार प्रदेशहरुमा सरकार बनाउन कति सहज ?, राष्ट्रियसभा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता, प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप, एकीकृत समाजवादीको बैठकमा चर्काचर्की, राप्रपा विपक्षमै बस्ने, सरकारमा सहभागितालाई लिएर रास्वपामा गम्भीर छलफल, अग्नि परीक्षामा प्रधानमन्त्री : विश्वासको मत कति सहज ? लगायत छन् । 

१. तीन प्रदेश प्रमुख हटाइए
सत्ता समीकरण फेरिएर मन्त्रिपरिषद पुनर्गठन भएसँगै तीन वटा प्रदेशका प्रदेश प्रमुख हटाएर तिनको स्थानमा नयाँ नियुक्तिका लागि सिफारिस गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिको लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।


२. नयाँ गठबन्धनअनुसार प्रदेशहरुमा सरकार बनाउन कति सहज ? 
केही दिन अगाडि अचानक सत्ता गठबन्धनमा आएको फेरबदलले सात प्रदेशको समीकरण पनि परिवर्तन भएको छ । समीकरण परिवर्तन भएसँगै नयाँ सरकार निर्माण गर्ने तथा भएका सरकार जोगाउने कसरतमा दलहरु लागेका छन् । सातवटै प्रदेशमा नयाँ गठबन्धनलाई सरकार बनाउन कति सहज र कति चुनौती भन्नेबारे सर्वत्र चासो बढेको छ ।  


३. राष्ट्रियसभा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता
राष्ट्रियसभा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । संघीय संसद्को निर्वाचन कार्यतालिका अनुसार सोमबार संसद भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेसका युवराज शर्मा र माओवादी केन्द्रका सांसद नारायण दाहालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।


४. प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । सोमबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेका हुन् । 


५. एकीकृत समाजवादीको बैठकमा चर्काचर्की
नेकपा एकीकृत समाजवादीका सांसदहरूले सचिवालय बैठकको निर्णयविनै आफूखुसी मन्त्री बनाएको भन्दै अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसालको चर्को आलोचना गरेका छन् । 


६. राप्रपा विपक्षमै बस्ने
राष्ट्रिय प्रजातन्त्र पार्टीले विपक्षमै बस्ने निर्णय गरेको छ । सोमबार सम्पन्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा नजाने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।


७. सरकारमा सहभागितालाई लिएर रास्वपामा गम्भीर छलफल
सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकारको सहभागिताका बारेमा छलफल भएको छ । सोमबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा मुख्य एजेण्डका रुपमा सरकारको सहभागिताका विषपमा छलफल भएको हो ।


८. अग्नि परीक्षामा प्रधानमन्त्री : विश्वासको मत कति सहज ?
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । तेस्रो पटक प्रधानमन्त्री बनेका उनले यो कार्यकालको १४ महिना १९ दिनमै तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । 


९. नागरिक उन्मुक्ति पार्टीको बैठक अनिश्चित
नागरिक उन्मुक्ति पार्टीको संस्थापक समितिको बैठक अनिश्चित भएको छ । कैलालीको टीकापुरमा बस्ने भनिएको बैठक पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र संरक्षक रेशमलाल चौधरी अझैसम्म पुगिनसकेकाले अनिश्चित भएको हो ।


१०. नक्कली प्रमाणपत्र दिएर विदेश पठाएका १४ मेनपावर कम्पनीले कसरी पाए सफाइ ?
नक्कली प्रमाणपत्र बनाएर जापानमा नेपालीलाई पठाउने गरेको भन्दै कारबाहीमा परेका १४ मेनपावर कम्पनी एकाएक ‘कारबाही मुक्त’ भएको विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागको प्रतिक्रिया विरोधाभास देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप