आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रेलरमा यस्तो देखियो नेपाली एनिमेटेड फिल्म ‘सलिना’

सोमबार, १२ चैत २०८०

काठमाडौँ । नेपाली एनिमेटेड फिचर फिल्म ‘सलिना’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मको कथा केही बुझाउने गरेर एनिमेटेड पात्रहरुलाई प्रस्तुत गरिएको छ । फिल्म अगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ ।

लिना रेनमेकर एनिमेसन एकेडेमीद्वारा निर्मित काल्पनिक कथामा बेनेको एनिमेसन प्रविधिबाट तयार पारिएको या फिल्मको सम्पूर्ण एनिमेसन कार्य नेपालमै गरिएको हो । फिल्मका निर्देशक तेजस राज जोशी हुन् । फिल्म निर्देशक जोशी र श्रुति श्रेष्ठले निर्माण गरेका हुन् । शिव पुरी र श्रुति श्रेष्ठको  संयुक्त सम्पादन फिल्ममा छ । 

सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धरको ग्राफिक रहेको फिल्ममा पाश्र्व स्वर सुशील नेपाल, अदिति ज्ञवाली, बेनिशा खतिवडा, एज्मी कुइँकेल, झरना राई, देव न्यौपाने, शिव पुरी, युबिन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगिन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, बिराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकार रहेका छन् । फिल्म विभिन्न एनिमेटेट पात्रहरूसँगको अन्तर्वार्ता चर्चित सञ्चारकर्मीहरू सुरेश पौडेल, सुशील नेपाल, राज श्रेष्ठलगायतले लिएका छन् ।

‘सलिना’को कथा दत्य कथाको जस्तै राजकुमारी हो । असाधारण उद्देश्यले जन्म भएको राजकुमारी अन्य पात्रसँग मिलेर सबैभन्दा ठुलो राक्षसनीलाई हराउने अभियानको यात्रा सुरु गर्छिन् र यसैको सेरोफेरोमा फिल्मको कथा आगाडि बढेको छ ।

फिल्म प्रदर्शनका लागि सेन्सर वोर्डबाटबाट सेन्सर समेत भएको छ । सेन्सरबोर्डबाट फिल्मले यू सर्टिफिकेट पाएको छ । नेपाली भाषामा फिल्म निर्माण थालिएको ६ दशकमा बल्ल पहिलो एनिमेटेड फिल्म बनेको हो ।

फिल्म विशेष गरेर बालबालिका लक्षित भएपनि सर्बैका लागि उपयुक्त रहेको निर्देशक तेजस राज जोशीले बताए ।

 ‘यो फिल्म निर्माणका लागि ६ बर्ष लागेको छ’, जोशीले भने ‘फिल्म अन्तर्राष्ट्रिय स्तरको बनेको छ ।’ जोशीले सबैलाई फिल्म हेरेर प्रतिक्रिया दिन समेत अनुरोध गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया