साङ्ग्रिला र टाइगर प्यालेस रिसोर्टमा सञ्चालन हुँदै आएका क्यासिनो बन्द
बिहीबार, १७ साउन २०८१, १४ : ००
काठमाडौँ । नेपालमा सञ्चालन भइरहेका दुई क्यासिनो बन्द भएका छन् । काठमाडौँको होटल साङ्ग्रिला र भैरहवाको रुपन्देही स्थित टाइगर प्यालेस रिसोर्टमा सञ्चालन हुँदै आएका क्यासिनो बन्द भएका हुन् ।
एसएचएल म्यानेजमेन्ट सर्भिसेज (केटिएम) प्रालिले एक सूचना जारी गर्दै उक्त दुवै क्यासिनोको इजाजतपत्र नवीकरण नगर्ने निर्णय भएकोले गत साउन एक गतेदेखि नै बन्द भएको जानकारी दिएको हो ।
उक्त क्यासिनोसँग कुनै श्रमिकले भुक्तानी रकम लिन बाँकी भए अविलम्ब कार्यालयमा सम्पर्क राखी युनियनसँगको सो सम्झौता बमोजिमको रकम भुक्तानी लिन समेत एसएचएल म्यानेजमेन्टले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
-
१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण