हेटौंडाबाट सुनसहित एक जना पक्राउ
मङ्गलबार, १५ असोज २०८१, १९ : २१
हेटौंडा । हेटौंडाबाट अवैध सुनसहित एक जना पक्राउ परेका छन् । ४९०.८८ ग्राम सुनसहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मंगलबार सुनसहित भारत विहार राज्य फुलवरिया पुर्वी चम्पारण बरेवा बस्ने ३४ वर्षीय सुजित सर्राफलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सर्राफलाई चेकजाँच गर्दा उनले खुट्टाको पैतलामा कालो टेपले बेरी ल्याएको अवस्थामा सुन बरामद भएको थियो । बिल बिजक नभएको बिस्कुटको आकारको टुक्रा ४ थान, सानो टुक्रा १ थान, सिक्री १ थान सुन फेला परेको प्रहरीको भनाई छ ।
उक्त सुनको बजार भाउ ६७ लाख ३४ हजार ५४४ रुपैयाँ रहेको र उक्त सुनसहित सर्राफलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
-
१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण