प्रदेशको शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा उच्चतम प्रयास भएको छ : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शान्ति सुरक्षा र विपद् व्यवस्थापनको क्षेत्रमा उच्चतम प्रयास भएको बताएका छन् । प्रदेशको शान्ति सुरक्षा सन्तोषजनक रहेको उनको जिकिर छ ।
प्रदेश सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले भने –'प्रदेशमा कुनै प्रकारको भूमिगत सशस्त्र सङ्घर्ष छैन । जातीय पहिचानका लागि खोलिएका सङ्घ संस्थाको माग सम्बोधन गरिएको छ । हामी कहाँ अलि बढी लागू औषध दुरुपयोग चुनौतीको रूपमा देखा परेको छ । '
दिनको २, ३ जना आत्महत्या गर्ने गरेको तथ्यंक पेस गर्दै उनले सामाजिक सञ्जालबाट उत्तेजित बनाएर सुरक्षामा थ्रेट बढाउने काम भएकोप्रति आपत्ति जनाए । सहकारी घोटालामा छानबिनको सन्दर्भमा ठुलो दुर्घटना गराउन खोजिए पनि त्यसो हुन नदिइएको उनले प्रस्ट पारे ।
प्रदेश प्रहरी ऐन २०७७ बने पनि सुरक्षाको जिम्मा प्रदेश सरकार नआएकोमा उनले दुःख व्यक्त गरे । सङ्घ सरकारको नेतृत्व गर्नेहरूले नै प्रहरी समायोजनमा सकारात्मक भूमिका नखेलेको उनको आरोप छ ।
तीनै तहको सरकारबिच सहकार्य आवश्यक रहेको भन्दै उनले एक अर्कामा नकारात्मक टिप्पणी गर्दा राम्रो सन्देश नजाने बताए ।
प्रदेशमा १० करोड नघट्ने गरेर विपद् व्यवस्थापन कोष रहेको र जिल्ला तहमा १० लाख नघट्ने गरी कोष खडा गरिएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
-
१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध
-
क्रेनले उठाइएका गाडीहरु जरिवाना तिराएर छाडियो, ‘किन पार्किङ गरेको’ भनी सोधपुछ नै भएन
-
मध्यरातमा मुग्लिन–नारायणगढ सडकखण्डमा बिजोगः अलपत्र एम्बुलेन्स र गाडी खुलाइँदै (भिडियोसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण