गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित
मङ्गलबार, ०६ जेठ २०८२, १६ : ०२
सारांश
- प्रतिनिधिसभाको बैठक गणपुरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित गरियो।
- भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि छलफल हुँदा यो समस्या आएको हो।
- सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दलको मागपछि बैठक स्थगित गरेका हुन्।
काठमाडौँ । गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा गणपुरक संख्या नपुगेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
सभामुख घिमिरेले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई विधेयक निर्णयार्थ प्रस्तुत गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संविधानको धारा ९४ अनुसार गणपुरक संख्या एकिन गर्न माग गरेका थिए ।
त्यसपछि गणपुरक संख्या एकिन गर्दा गणपुरक संख्या पुग्न ६९ सांसद हुनुपर्नेमा ६५ सांसदमात्रै भएपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण