१२ बजे १२ समाचार: कोशीमा बाढीको वितण्डा, काठमाडौंमा आन्दोलन, पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ। आज मिति २०८२ साल जेठ महिनाको १७ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
१. राजावादीको प्रदर्शन
व्यवस्था उल्टाउने उद्देश्यसहित बिहीबारदेखि आन्दोलन सुरु गरेका राजावादीहरूले शनिबार राजधानी काठमाडौँमा प्रदर्शन गरेका छन् । आज नारायणहिटी दरबार क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेका थिए । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा जारी गरेपछि राजावादी समूह ‘संयुक्त जनआन्दोलन समिति’ले पूर्वनिर्धारित प्रदर्शनस्थल परिवर्तन गरेर शान्तिवाटिका (रत्नपार्क) मा प्रदर्शन गरेको हो ।
२. प्रधानमन्त्री ओलीको कटाक्ष
प्रधानमन्त्री केपी शर्मा ओलीले जनता, राष्ट्रका हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा गर्व रहेको बताएका छन् । शनिबार काठमाडौँमा बुद्धिजीवी परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले सही कुरालाई समर्थन गर्दा झोले भन्ने प्रवृत्ति बढेको बताएका हुन् ।
३.पोखराबाट काठमाडौँ आउने ९ सय यात्रुलाई सशस्त्र प्रहरीको स्कर्टिङ
गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्दका कारण पोखराको पृथ्वीचोकमा अलपत्र परेका करिब ९ सय जना यात्रुहरूलाई सशस्त्र प्रहरीको स्कर्टिङमा काठमाडौं ल्याउने व्यवस्था गरिएको छ।
सार्वजनिक यातायात बचाउ संघर्ष समितिले जेठ १६ गतेदेखि गण्डकी प्रदेशभर सार्वजनिक यातायात बन्द गरेपछि यात्रुहरु पोखरामा अलपत्र परेका थिए।
४. मधेशी दलहरूको मोर्चा
व्यवस्था उल्टाउने उद्देश्यसहित बिहीबारदेखि आन्दोलन सुरु गरेका राजावादीहरूले शनिबार राजधानी काठमाडौँमा प्रदर्शन गरेका छन् । आज नारायणहिटी दरबार क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेका थिए । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा जारी गरेपछि राजावादी समूह ‘संयुक्त जनआन्दोलन समिति’ले पूर्वनिर्धारित प्रदर्शनस्थल परिवर्तन गरेर शान्तिवाटिका (रत्नपार्क) मा प्रदर्शन गरेको हो ।
५. संघर्ष र सफलता
कुरा, २०५४ सालको हो, धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकास्थित महेन्द्रोदय माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उनी सपनाको खोजीमा काठमाडौँ हान्निए । गाउँबाट ३०० रुपैयाँ बोकेर काठमाडौँ छिरेका उनी अहिले आफ्नो अथक सङ्घर्षको प्रतिफल स्वरूप मासिक १२ लाख रुपैयाँ हाराहारी कमाउन सक्ने हैसियतमा पुगेका छन् । त्यो पनि कुनै व्यापार व्यवसाय गरेर होइन, आफ्नो सीप बेचेर मासिक आम्दानी गरिरहेका हुन् ।
६. बढ्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल आयल निगमले भारतको इन्डियन आयल कर्पोरेसनबाट शनिबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टीतेलमा १ रुपैयाँले बढेर आएको जनाएको हो। त्यस्तै हवाई इन्धन भने २ रुपैयाँ ५७ पैसाले घटेर आएको निगमले जनाएको छ ।
७.किताबका कुरा
नेपाली काव्य जगत्मा स्थापित नाम हो, श्यामल । ३० को दशकदेखि पत्रकारितामार्फत कलम चलाउन थालेका श्यामलका आजसम्म चार कृति प्रकाशित छन्— कविता सङ्ग्रहहरू ‘तपाईंहरू मार्फत’ (२०४४), ‘लयब्रह्म’ (२०६०), ‘हतारमा यात्रा’ (२०६८) र ‘रित्तो गाउँ’ (निबन्ध सङ्ग्रह, २०७०) ।
८.संस्कार विमर्श
नेवाः समुदाय मूलतः काठमाडौँ उपत्यकाका मूलवासी हुन् । उपत्यका कुनै वेला पानीले भरिएको ठुलो ताल थियो । तालको पानी सुकेर गएपछि यहाँ जो समथर भूमि बन्यो, त्यो कृषिका लागि अत्यन्त उर्वर थियो । उक्त उर्वर भूमिमा उत्पादन हुने कृषिजन्य सामग्री वर्षभरि खाएर सकिने खालको थिएन । त्यसको उपभोग गर्न कुनै न कुनै त्यस्तो भेलाको आयोजना हुनुपर्दथ्यो जसमा एकैपटक धेरै जनाले खाद्य ग्रहण गर्न सकुन् । सायद त्यसै कारणले पनि होला, नेवाः समुदायले मनाउने चाड, जात्रा, पर्वजस्तै पारिवारिक घेराभित्र मनाइने संस्कार–संस्कृतिहरूको संख्या पनि उत्तिकै छन् ।
९. मनसुन
शनिबार बिहान राति परेको अविरल वर्षा पछिको बाढीका कारण अवरुद्ध बनेको कोशी प्रदेशका ९ वडा सडकमध्ये पाँच वटा एकतर्फी खुलेको छ । कोशी प्रदेश प्रहरी कार्यालयले दिएको विवरण अनुसार अझै चार वटा सडक खुलेको छैन ।
१०. शनिबार विशेष
११. नाटकमा पछिल्लो पुस्ताको आकर्षण
नियमित नाटक मञ्चन भइरहे पनि गत वर्षको तुलनामा यो वर्ष मण्डलामा दर्शक घटेका मण्डला थिएटरले जनाएको छ । ‘अहिले धेरै नाटक घरमा नियमितजस्तो नाटक मञ्चन हुने गरेका छन्,’ मण्डलाकी प्रज्ञा विष्ट भन्छिन्, ‘दर्शक बाँडिएर होला । पहिलेभन्दा घटेका छन् ।’ जति दर्शक छन्, तिनमा पनि युवापुस्ता बढी देखिएका उनी बताउँछिन् ।
१२. स्टिल र आल्मुनियम आयातमा कर दोब्बर गर्ने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन ४ तारिख बुधबारदेखि स्टिल र आल्मुनियम आयातमा हालको करको दर २५% बाट बढाएर ५०% पुर्याउने घोषणा गरेका छन्।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकर व्यवसायी छुट्ट्याउने विषय कानुनी रूपमा निरूपण गर्नुपर्छ : गभर्नर पौडेल
-
महिमानलाई थुनामा राख्न मागसहित उच्च अदालतमा रेशमको निवेदन
-
प्रदेश तथा स्थानीय तहमा जाने विवरण : कुन पालिकालाई कति बजेट ?
-
राइड सेयरिङको विरोधमा बन्द, राइड सेयरिङ नै मालामाल
-
जापानमा ‘नेपाल फेशन एन्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्ड’ सम्पन्न
-
मुम्बई इन्डियन्सका खेलाडीलाई दोहोरो झट्का