१० बजे १० समाचार : रविमाथि प्रश्न उठेपछि छलफलमा रास्वपा, ‘अलविदा’ भन्दै सम्पर्कविहीन डाक्टर रिसोर्टमा भेटिए

आज २०८२ असार २ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा विपक्षीको विरोधकै बिच बजेटमाथि छलफल, ‘अलविदा’ भन्दै सम्पर्कविहीन डाक्टर रिसोर्टमा भेटिए, धरौटी बुझाएर रिहा भए धवलशमशेर, रविमाथि प्रश्न उठेपछि छलफलमा रास्वपा, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर, नागढुंगा घटनाबारे प्रतिवेदन : इन्सपेक्टर र जवान दुवैलाई कारबाही सिफारिस लगायत छन् ।
१. विपक्षीको विरोधकै बिच बजेटमाथि छलफल
विपक्षी दलको विरोधकै बिच प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफल भएको छ । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै संसद बैठकमै नारावाजी गरे पनि सभामुख देवराज घिमिरेले बैठकको कारबाही अघि बढाएका हुन् ।
२. ‘अलविदा’ भन्दै सम्पर्कविहीन डाक्टर रिसोर्टमा भेटिए
सामाजिक सञ्जालमा परिवार तथा आफन्तलाई ‘अलविदा’ भन्दै सम्पर्कविहीन भएका डाक्टर केशव श्रेष्ठ बालाजुस्थित एक रिसोर्टमा भेटिएका छन् । जिलला प्रहरी परिसर काठमाडौँको टोलीले तार्केश्वर नगरपालिका–३ स्थित श्रीनाथ बुटिक रिसोर्टबाट उनको उद्धार गरेको हो ।
३. धरौटी बुझाएर रिहा भए धवलशमशेर
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणा रिहा भएका छन् । सोमबार ३ लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका हुन् ।
४. रविमाथि प्रश्न उठेपछि छलफलमा रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नैतिकताको कुरा गर्दै भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग राख्दै संसद् अवरोध गरिरहेका बेला आफ्नै पार्टी सभापति रवि लामिछानेको नैतिकताका बारेमा प्रश्न उठेपछि रास्वपाले सरोकार राख्दै आन्तरिक छलफल थालेको छ ।
५. भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
पार्टीले अन्तिम पटक भनेर दिएको समयमा पनि महाधिवेशन गर्न नसक्ने ७ भ्रातृ संस्थाका तदर्थ समितिबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको धारणा फरक–फरक आएको छ ।
६. नागढुंगा घटनाबारे प्रतिवेदन : इन्सपेक्टर र जवान दुवैलाई कारबाही सिफारिस
काठमाडौँको नागढुंगामा ट्राफिक प्रहरीका इन्स्पेक्टरले जवानलाई कुटेको घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । प्रहरी उपरीक्षक पदमबहादुर विष्टको नेतृत्वको समितिले प्रतिवेदन बुझाउँदै इन्स्पेक्टर र जवान दुवैलाई कारबाही गर्न सिफारिस गरेको छ ।
७. मनसुन लागेसँगै झाडापखाला, ज्वरो र सर्पदंशका बिरामी बढे
मनसुन लागेसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) को आकस्मिक कक्ष झाडापखाला, ज्वरो–रुघाखोकी र सर्पदंशका बिरामीले भरिन थालेको छ । अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. विमल चालिसेका अनुसार पछिल्लो एक साता यता यस्ता बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।
८. बीपी राजमार्ग लथालिङ्ग अवस्थामै
गत वर्ष असोज १२ गते आएको अविरल वर्षाले थङथिलो बनेको बीपी राजमार्ग अहिले पनि लथालिङ्गकै अवस्थामा छ । यसलाई पहिलाकै स्वरूप पु¥याउन निकै गाह्रो छ । नेपालको पूर्वी भेगलाई राजधानीसँग जोड्ने यो छोटो मार्ग फेरि सुरु हुँदै गरेको मनसुनको कहरमा छ ।
९.सांसदको घरबाट उद्धार गरिएकी बालिकाबारे सर्वोच्च अदालतको फैसलामा के छ ?
लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्माको काठमाडौँस्थित घरबाट उद्धार गरिएकी बालिकालाई बालिग नहुन्जेलसम्म काठमाडौँमै बसेर पढ्न मिल्ने गरी आवश्यक सम्पूर्ण प्रबन्ध मिलाउन सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाको नाममा परमादेश जारी गरेको छ ।
१०. विपद् प्रभापित सडक पुनर्निर्माणमा बागमती सरकारको जोड
बागमती प्रदेश सरकारले विपद् प्रभावित सडक पुनर्निर्माणमा जोड दिँदै आएको छ । सीमित स्रोत–साधनका बाबजुद प्रदेश सरकारले सडक पुनर्निर्माणबारे गरेका कामलाई लिएर रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीले साबेल समातेपछि... (तस्बिरहरू)
-
तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री
-
फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टरले भेटे गृहमन्त्री
-
रवीन्द्र मिश्रको बयान न्यायाधीश तारादेवी महर्जनको इजलासमा
-
प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई उपेक्षा, कुन प्रदेशको बजेट कस्तो ?
-
तीन प्रदेशका १५ अस्पतालबाट मुटु रोगको निःशुल्क उपचार