अपराध
भक्तपुरमा दुई किशोरी मृत फेला
बिहीबार, ०८ साउन २०८२, ०९ : ३५
सारांश
- भक्तपुरको बोडेमा दुई दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला परे।
- उनीहरू १७ र १५ वर्षका थिए र डेरामा झुन्डिएको अवस्थामा फेला परेका हुन्।
- प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–८ बोडेमा दुई किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
बिहीबार विहान ६ः४५ बजे बोडे सिन्टिटार स्थित इट्टा र फलामले बनेको २ तले घरको भुईँ तलामा डेरा गरी बस्ने जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका–८ घर भएकी १७ वर्षीय मेनुका कँडेल र उनकी बहिनी १५ वर्षीय सृजना कँडेल डेरामै मृत फेला परेका हुन् ।
उनीहरू प्यासेजमा रहेको फलामको डन्डीमा नाइलनको डोरी घाँटीमा पासो लगाई झुन्डी मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।
घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई थप अनुसन्धान कार्य भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण