१२ बजे १२ समाचार: नेकपा (बहुमत) विभाजनतर्फ, राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच भेटवार्ता
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा ‘१२ बजे १२’ समाचार लिएर आएका छौँ–
१. नेकपा (बहुमत) विभाजनतर्फ
महाधिवेशन सम्पन्न भएको ६ महिनामै धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) विभाजनको संघारमा पुगेको छ । महासचिव बास्तोलामा सैद्धान्तिक विचलन र सङ्गठनमा अराजकता देखिएको आरोप लगाउँदै केन्द्रीय सदस्य शरद रसाइलीको नेतृत्वमा विद्रोह गर्न लागिएको हो ।
२. झलनाथ खनालको असन्तुष्टि
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कसैले आफ्नो राजीनामा माग्दैमा आफू खुरुक्क राजीनामा दिएर नहिँड्ने बताएका छन् । शनिबार काठमाडौँमा पत्रकार भेटघाट गर्दै नेता खनालले आफूले पार्टी छोड्ने कुरा कल्पना समेत नगरेको बताएका हुन् ।
३. सेयर कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य
सेयर कारोबार गर्न अब राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ । नेपाल स्टक एक्सचेन्जले कारोबार सदस्यहरू (धितोपत्र दलाल, आरटीएस, सीडीएस एन्ड क्लियरिङ हाउस) लाई परिपत्र गर्दै ग्राहक पहिचान (केवाईसी) फाराममा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्न निर्देशन दिएको हो ।
४. माओवादी स्थायी कमिटी बैठक
नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले पार्टीभित्र नेतृत्व परिवर्तन र जनवादको सशक्त अभ्यासका लागि रोटेसन प्रणाली अवलम्बन गर्नुपर्ने प्रस्ताव पेस गरेका छन्। केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकको दोस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको एजेन्डामाथि छलफलका क्रममा शनिवार कार्कीले ९–९ महिनामा नेतृत्व फेर्नेगरी यस्तो प्रस्ताव अघि सारेका हुन्।
५. मुख्यमन्त्री लामा राजीनामा दिन तयार
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले राखेको सर्त पूरा हुने भएपछि आइतबार पदबाट राजीनामा दिने भएका छन् । सभापति शेरबहादुर देउवासँग शनिबार बुढानीलकण्ठमा भएको छलफलपछि लामा सशर्त राजीनामा दिन तयार भएका हुन् ।
६. एक भुइँमान्छे, जसको निधनमा बजार बन्द भयो
अछामको मंगलसेनमा मजदुर जगन्नाथ खनालको मृत्युको सर्वसाधारणले बजार बन्द गरेका छन् । बिहीबार जब उनको मृत्युको खबर फैलियो, सिङ्गो मंगलसेन बजार शोकमग्न भयो । एउटा भुइँमान्छेको मृत्युमा सिङ्गो बजार शोकाकुल भएको थियो । उनी कुनै ठुलो मान्छे थिएनन्, न त उनीसँग धनदौलत थियो । यद्यपि उनले आफ्नो सरलता र इमानदारीले सबैको मन जितेका थिए । उनको मृत्युपछि बजारका व्यवसायीहरूले स्वतःस्फूर्त रूपमा पसल बन्द गर्ने निर्णय गरे ।
७. राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । शनिबार राष्ष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच शीतल निवासमा भेटवार्ता भएको हो ।
८. माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण प्रक्रिया सुरु
९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निर्माण प्रक्रिया सुरु भएको छ । आयोजना प्रस्ताव भएको करिब दुई दशकपछि निर्माण प्रक्रिया अघि बढेको हो । आयोजना बनाउन छनोट भएको गान्धी मल्लिकार्जुन राव ९जीएमआर०ले टेन्डर प्रक्रिया अघि बढाएको छ ।
९. वर्षापछि तराईका किसानमा रोपो जाग्ने आश
लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसानमा रोपो जाग्ने आशा पलाएको छ । यो साता सोमबारयता लगातार पानी परेपछि उनीहरूमा रोपो जाग्ने आश बढेको हो । पछिल्लो पटक गए राति जिल्लाका अधिकांश ठाउँमा पर्याप्त चिस्यान हुनेगरी पानी परेको छ ।
१०. वीरेन्द्रनगरलाई प्रविधिमैत्री सहर बनाउने योजना
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने योजना अघि बढाइएको छ । अत्याधुनिक सीसीटीभी क्यामेरा जडानदेखि सडक सुरक्षाका लागि ट्राफिक बत्ती, ‘उज्यालो सहर’ अभियानअन्तर्गत सोलार बत्ती, अव्यवस्थित पार्किङ अन्त्य गर्न ठुला पार्किङस्थल निर्माण र सार्वजनिक स्थानमा निःशुल्क वाईफाई हटस्पट स्थापनासम्मका कामलाई तीव्रता दिइएको छ ।
११. शनिबार
१२. तस्बिरहरू
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण