आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : बागमतीमा बानियाँको इन्ट्री, कुलिङ अफ पिरियडसम्बन्धी प्रतिवेदन सार्वजनिक

मङ्गलबार, २० साउन २०८२, २२ : ००
मङ्गलबार, २० साउन २०८२

आज २०८२ साउन २० गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

  • कुलिङ अफ पिरियड

सङ्घीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’ले प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा छानबिन समितिका सभापति जीवन परियारले प्रतिवेदन पेस गरेका हुन् ।

  • सिँचाइ आयोजना

३४ वर्षअघि २०४८ सालको संसदीय निर्वाचनताका बर्दियाका गाउँ–गाउँमा एउटा नारा गुञ्जिन्थ्यो – बबईको पानी, खेत–खेतमा आउँछ, किसानको भाग्य चम्काउँछ’ यो नारा लगाउने नेता थिए, वामदेव गौतम । त्यो नारा अत्यन्तै आकर्षक थियो, लोकप्रिय पनि उत्तिकै ।

  • संसद् बैठक

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सोमबारको प्रतिनिधिसभामा आफूहरूलाई लक्षित गर्दै व्यक्त गरेको धारणाको जवाफ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दीपकबहादुर सिंहले मंगलबारको प्रतिनिधिसभा बैठकमा फर्काएका छन् ।

  • मन्त्रिपरिषद् बैठक

सरकारले बालविवाह अन्त्य र श्रम आप्रवासन सम्बन्धी राष्ट्रिय रणनीति स्वीकृत गर्नुका साथै आवश्यक सेवामा हड्ताल गर्न नपाइने जस्ता महत्त्वपूर्ण निर्णयहरू गरेको छ।

  • ट्राफिक लाइट

पछिल्लो समय काठमाडौँ उपत्यकामा सवारीको चाप बढ्दा सडक यातायात अस्तव्यस्त बनेको छ । प्रत्येक चोक–चोकमा जाम, गन्तव्यमा पुग्नै कठिन । जसकारण यात्रुले सास्ती खेपिरहेका छन् । यतिमात्र होइन दुर्घटनाको जोखिम बढेको छ । 

  • वीर र न्याम्सको सम्बन्ध

वीर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अलग गर्ने बाटो खुलेको छ । वीर र न्याम्सलाई छुट्ट्याउने कि नछुट्ट्याउने भन्नेबारे लामो समयदेखि विवाद चल्दै आएको थियो ।

  • नयाँ मुख्यमन्त्री

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त बानियाँलाई अपराह्न प्रदेश प्रमुख कार्यालय हेटौँडामा एक समारोहबिच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

  • बजेट दुरुपयोग

मधेस प्रदेश सरकारको लगानीमा पूर्वाधार विकास कार्यालय बाराले बालगंगा खोलाको बाढी प्रभावित क्षेत्रमा दलितहरूका लागि घर निर्माण गरेको भन्दै तत्कालै रोक्न जीतपुरसिमरा उपमहानगर वडा नं १५ को कार्यालयले पत्राचार गरेको छ ।

  • पदाधिकारी चयन

राजेन्द्र महतोले नेतृत्व गरेको राष्ट्रिय मुक्ति पार्टी नेपालले केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूको टुङ्गो लगाएको छ। पार्टीले मंगलबार एक विज्ञप्ति जारी गर्दै पदाधिकारीसहित विभिन्न केन्द्रीय निकायका प्रमुखहरू समेतको जिम्मेवारी तोकेको हो।

  • गोला प्रणाली

दुई साताअघि प्रधानन्यायधीश प्रकाशमान सिंह राउतले गोला प्रणालीबाट संवैधानिक इजलासमा पेशी तोक्ने प्रस्ताव राखे । यसमा सर्वोच्च अदालतका न्यायाधीशहरु विभाजित देखिएका छन् । वरिष्ठतम् न्यायाधीशहरुले यसमा तीव्र असहमति जनाएपछि प्रधानन्यायाधीश राउतले हाललाई थाँती राखेका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप