१२ बजे १२ समाचार: दसैँमा नागढुङ्गा सुरुङमार्ग निःशुल्क खोल्ने तयारी, एमाले विधान महाधिवेशनको तयारी पूरा
सारांश
- कर्णाली सरकारले गोष्ठी र सेमिनारमा ठूलो रकम खर्च गरेको छ।
- एमालेको विधान महाधिवेशनको तयारी पूरा भएको छ र नागढुङ्गा सुरुङमार्ग दसैँमा नि:शुल्क खुल्ने सम्भावना छ।
- सरकारले सामाजिक सञ्जाल सूचीकरणको समयसीमा तोकेको छ र विभिन्न विषयमा अन्य महत्त्वपूर्ण घटनाक्रमहरू पनि छन्।
काठमाडौँ । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. कर्णाली सरकार
अन्य प्रदेशको तुलनामा गरिब र विकासका सूचकाङ्कमा पछि परेको कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्ष (०८१/०८२) मा तालिम, गोष्ठी, सेमिनारजस्ता विभिन्न कार्यक्रममा ठुलो रकम खर्च गरेको छ ।
२. एमालेको विधान महाधिवेशन
नेकपा एमालेको विधान महाधिवेशनको लागि सम्पूर्ण तयारी पूरा भएको छ । बुधबार पार्टी कार्यालय च्यासलमा एमालेले पत्रकार सम्मेलन गर्दै महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
३. सुरुङमार्ग
दसैँमा काठमाडौँ उपत्यका बाहिर जाँदा नागढुङ्गा सुरुङमार्ग हुँदै जान पाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दसैँमा उपत्यकाबाट बाहिरिने र दसैँपछि भित्रिने सवारी सञ्चालन गर्नेबारे छलफल भइरहेको जनाएको छ ।
४. एकता प्रयास
आफ्नै पाटीभित्र किचलो भोगिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच पार्टी एकताबारे पटक पटक छलफल हुँदै आएको छ । तर, ती छलफलहरू निष्कर्षमा पुग्न सकेका छैनन् ।
५.सामाजिक सञ्जाल
सामाजिक सञ्जाल सूचीकरणका लागि सरकारले दिएको सात दिने समयावधि सकिएको छ । गत बिहीबार सरकारले सूचना जारी गर्दै एक साताभित्र नेपालमा सञ्चालन भएका सामाजिक सञ्जाललाई सूचीकरणका लागि निवेदन दिन आह्वान गरेको थियो ।
सर्वोच्च अदालतले कानुनबमोजिम इजाजत नलिएका सामाजिक सञ्जाल र विभिन्न माध्यम ओटीटी एप्सलगायत इन्टरनेट ब्राउजरको माध्यमबाट विज्ञापनसहित प्रसारण हुने सामग्रीमाथि रोक लगाउन दायर भएको रिटमा परमादेश जारी गरेको छ ।
६. अमेरिका भारत सम्बन्ध
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको धेरै समय भएकै छैन । यही अवधिमा अमेरिकाको सबैभन्दा महत्त्वपूर्ण रणनीतिक साझेदार मुलुकसँगको सम्बन्ध गम्भीर सङ्कटको अवस्थामा पुगेको छ ।
चीनको तियानजिनमा भएको सांघाई सहयोग संगठन (एससीओ) सम्मेलनको दौरान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटघाटले कूटनीतिक वृत्तमा विशेष महत्त्व पाएको छ।
७. टेक एण्ड पे
सरकारले बजेटमा उल्लेख गरेको ‘टेक एण्ड पे’ नीति विवादित बनेको थियो । उक्त नीतिलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संशोधन गरेको भनिए पनि अहिले त्यसकै कारण ऊर्जा खरिद बिक्री सम्झौता (पीपीए) ठप्प बनेको छ ।
८. रुपन्देही–३ उपनिर्वाचन
अगामी कात्तिक १७ गते रुपन्देही–३ मा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनप्रति राजनीतिक दलहरूको ध्यान बिस्तारै बढ्न थालेको छ । २०७९ सालको निर्वाचनमा राप्रपाका नेता दीपक बोहरा निर्वाचित भएका थिए । तर उनको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागको हो ।
९. गोंगबु घटना
गोंगबुबाट साढे ९ किलो सुन र ४ करोड २५ लाख ५० हजार नगदसहित पक्राउ परेका विनोद श्रेष्ठले आफूकहाँ प्रहरीका अधिकृतहरूले पनि सुन राखेर नगद लैजाने गरेको जिकिर गरेका छन् । मिटरब्याजमा रकम लगाउने श्रेष्ठले आफ्नो घरमा छापा मार्न पुगेका प्रहरीहरूसँग यस्तो दाबी गरेका हुन् ।
१०. फोहोर
मधेस प्रदेशको राजधानी रहेको जनकपुरधाम उपमहानगरपालिकामा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । नगर क्षेत्रका विभिन्न सडक किनारमा थुप्रिएका फोहोरले पैदल यात्रीलाई नाक छोपेर हिँड्नुपर्ने बाध्यता निम्त्याएको छ भने स्थानीयवासी वातावरण प्रदूषण झेल्न बाध्य छन् ।
११. ओली स्वदेश फिर्ता
प्रधानमन्त्री केपी शर्मा ओली चीनको तियानजिनमा सम्पन्न साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा सहभागी भएर बुधबार स्वदेश फर्किएका छन्। प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङको विशेष निमन्त्रणामा यही भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेका थिए।
१२. खेलकुद
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण