शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : सरकारमा कुलमानसहित तीन जना समेटिए, मन्त्रिपरिषद् बैठकले के–के निर्णय गर्‍यो ?

सोमबार, ३० भदौ २०८२, २२ : ००
सोमबार, ३० भदौ २०८२

आज २०८२ भदौ ३० गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा सरकारमा कुलमानसहित तीन जना समेटिए, मन्त्रिपरिषद बैठकले के–के निर्णय गर्‍यो ? मन्त्री बनेलगत्तै कुलमानले गरे यस्ता निर्णय, प्राथमिकतामा नरहेका तथा टुक्रे आयोजना बजेटबाट हटाउन कार्यदल गठन, नवनियुक्त मन्त्री अर्यालले अघि सारे प्राथमिकता, एमालेभित्र पार्टी पुनर्गठनबारे बहस लगायत छन् ।
 
१. सरकारमा कुलमानसहित तीन जना समेटिए
प्रधानमन्त्री सुशीला कार्कीले सोमबार कुलमान घिसिङसहित तीन जनालाई सरकारमा सामेल गरेकी छन् । नवनियुक्त मन्त्रीहरूले सोमबार शपग ग्रहण गरी पदबहाली गरेका छन् ।

२. मन्त्रिपरिषद् बैठकले के–के निर्णय गर्‍यो  ?
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सोमबार बसेको छ । विकसित घटनाक्रम र नयाँ परिस्थितिका बिच मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।

३. मन्त्री बनेलगत्तै कुलमानले गरे यस्ता निर्णय 
नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले ट्रङ्क र डेडिकेटेड लाइनको वक्यौता उठाउने निर्णय गरेका छन् । पदबहाली लगत्तै सोमबार उनले यस्तो निर्णय गरेका हुन् ।

४. प्राथमिकतामा नरहेका तथा टुक्रे आयोजना बजेटबाट हटाउन कार्यदल गठन
नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले प्राथमिकतामा नरहेका तथा टुक्रे आयोजनालाई बजेटबाट हटाउनेबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयका रूपमा कार्यदल गठन गरेका हुन् ।

५. नवनियुक्त मन्त्री अर्यालले अघि सारे प्राथमिकता 
गृह र कानुन मन्त्रालयको जिम्मेवारीसहित सोमबार मन्त्री पदमा नियुक्त ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा भएको बल प्रयोगबारे छानबिन गर्ने विषयलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।

६. एमालेभित्र पार्टी पुनर्गठनबारे बहस
नेकपा एमालेभित्र पछिल्लो परिस्थितिका बिच पार्टी पुनर्गठनबारे बहस हुन थालेको छ । जेनजी आन्दोलनपछि विकसित घटनाक्रमलाई ध्यानमा राख्दै कतिपयले महासचिवभन्दा माथिका पदाधिकारीलाई संरक्षकका रूपमा राखेर नयाँ नेतृत्वका साथ अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

७. आवश्यक परे महामन्त्रीबाट राजीनामा दिने गगनको घोषणा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आवश्यक परेमा आफू पार्टीको महामन्त्री पदनबाट राजीनामा दिन तयार रहेको जनाएका छन् । 

८. मधेस केन्द्रित दलमा पनि नेतृत्व परिवर्तनको बहस
जेनजी पुस्ताको आन्दोलन सफल भएसँगै मधेस केन्द्रित दलहरूमा पनि नेतृत्व परिवर्तनको बहस हुन थालेको छ ।

९. मन्त्री बन्ने चर्चाका बिच सन्दुक रुइतको यस्तो प्रतिक्रिया 
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चा छ । डा. रुइतले भने आफ्नो साधना अन्धोपन निवारण नै रहेको प्रस्ट पारेका छन् ।

१०. रुपन्देही–३ को उपनिर्वाचन कार्यक्रम रद्द
निर्वाचन आयोगले कात्तिक १७ गते मतदान हुने गरी पूर्वघोषित उपनिर्वाचन कार्यक्रम रद्द गरेको छ । रुपन्देही–३ का लागि घोषित उपनिर्वाचन कार्यक्रम रद्द गरिएको आयोगले सोमबार जनाएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप