१२ बजे १२ समाचार: यूएईले भिजिट भिसापछि वर्किङ भिसा पनि रोक्यो, तीन वर्षमा प्रतिनिधिसभाको काम
सारांश
- यूएईले भिजिटपछि वर्किङ भिसामा रोक लगाएको छ भने प्रतिनिधि सभा विघटन भएको छ र निर्वाचन घोषणा गरिएको छ।
- जेनजी आन्दोलनका कारण विश्वभरबाट सहयोग जुटिरहेको छ भने आन्दोलनकारीले भ्रष्टाचार अन्त्य र सुशासनको माग गरेका छन्।
- डेडिकेटेड र ट्रंकलाइन बक्यौता उठाउने ऊर्जामन्त्रीको निर्णय, प्रहरीका डीएसपीहरूको सरुवा र सिके राउतलाई राजीनामा दिन अल्टिमेटम दिइएको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
१. वर्किङ भिसा
संयुक्त अरब इमिरेट्स (यूएई)ले भिजिट भिसापछि वर्किङ भिसामा समेत रोक लगाएको छ । एनआरएनए यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीका अनुसार हाल यूएईले भिजिट/वर्किङ दुवै भिसा बन्द गरेको छ ।
२. तीन वर्षमा प्रतिनिधिसभाको काम
०७९ मंसिर ४ गते भएको निर्वाचनपछि गठित प्रतिनिधि सभा विघटन भएको छ । भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्दै आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरेका छन् ।
३. जेनजी आन्दोलन
नेपालमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले विश्व नै तरङ्गित बनेको छ । यही ’जेनजी’ आन्दोलन र त्यसबाट प्रभावित व्यक्ति, सहिदका परिवार, घाइते तथा अन्य पीडितहरूलाई सहयोग पुर्याउने भन्दै विश्वभरबाट नेपाली समुदाय, विदेशी नागरिक तथा सङ्घ संस्थाले ‘क्राउडफन्डिङ’ गर्न थालेका छन् ।
४. जेनजीको माग
जेनजी पुस्ताले भ्रष्टाचार अन्त्य, सुशासन र उत्तरदायी सरकारको माग राखेर गरेको आन्दोलनले २७ घण्टामा देशमा राजनीतिक उथलपुथल ल्यायो । राज्यको शक्तिशाली निकायमा पुगेका सबैको सम्पत्तिको छुट्टै आयोग बनाएर छानबिन हुनुपर्ने र भ्रष्टाचार मुद्दा दर्ता गर्नुपर्ने प्रमुख माग उनीहरुको थियो ।
५.डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सोमबार ऊर्जा मन्त्रालयको पद्भार ग्रहण गरेपछि पहिलो निर्णय गरे– डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने । १० वर्षअघिदेखि बक्यौता उठाउने यो विषयले हालसम्म निकास पाएको छैन । अघिल्ला सरकारहरुले विद्युत बक्यौता उठाउनकै लागि विभिन्न आयोगहरु बनाए । आयोगको प्रतिवेदनका आधारमा समेत बक्यौता रकम उठ्न सकेको छैन । डेडिकेटेड र ट्रंकलाइनको व्यवस्था गर्ने र रकम उठाउने निर्णय गर्दा घिसिङ आफैं विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक थिए ।
६. प्रहरी सरुवा
नेपाल प्रहरीका ९० जना डीएसपीहरुको सरुवा गरिएको छ । आईजीपी चन्द्रकुवेर खापुङले डीएसपीहरुको सरुवा सम्बन्धी निर्णय गरेका हुन् ।
७. फेरिएको प्राथमिकता
जेनजी विद्रोहसँगै यतिबेला देशमा नयाँ सरकार गठन भएको छ । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारमा यतिबेला तीनजना मन्त्री समेत नियुक्त भइसकेका छन् । हालसम्म नियुक्त भएका र चर्चामा आएका व्यक्ति हेर्दा वर्तमान अन्तरिम सरकारमा आशलाग्दा अनुहारहरूलाई सहभागी गराउने देखिएको छ ।
८. सिके राउतलाई अल्टिमेटम
जनमत पार्टीका शीर्ष नेताहरूले पार्टीका अध्यक्ष डा.सिके राउत र सङ्गठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन माग गरेका छन् । पार्टीका उपाध्यक्ष अब्दुल खानाको नेतृत्वमा ६ जना नेताले बुधबार हस्ताक्षर गरेर सो माग गरेका हुन् ।
९. अलमलमा परराष्ट्र मन्त्रालय
भदौ २३ र २४ गते भएका आन्दोलनले राजनीतिक रूपमा ठुलै परिवर्तन ल्यायो । आन्दोलनपछि देशले नयाँ प्रधानमन्त्रीमा सुशीला कार्कीलाई पाइसकेको छ । कार्कीलाई विश्वका विभिन्न देशले शुभकामना तथा बधाई दिने क्रम जारी छ ।
१०. स्वास्थ्य मन्त्रालय
विश्वको उत्कृष्ट आर्किटेक्ट डिजाइनमध्ये मानिएको स्वास्थ्य मन्त्रालयको ६० वर्ष पुरानो भवन अब सद्दे छैन । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आएको अराजक समूहले यो भवनमा पनि आगजनी गरेर खण्डहर बनायो ।
११. मनका कुरा
भदौ २४ गते म, मेरो म्याडम र छोरासहित सिङ्गै परिवार डल्लुस्थित घरमै थियौँ । हामी के कुरामा ढुक्क थियौँ भने यो देशमा विभिन्न पदमा बसेर काम गर्दा पनि हामीले कुनै बेथिति गरेका थिएनौँ । गलत काम गरेका थिएनौँ । एक पैसा कसैको तलमाथि पनि गरेका थिएनौँ । एक पैसा कसैको खाएका पनि थिएनौँ ।
१२. बालुवाटारको त्यो अन्तिम मन्त्रिपरिषद्
जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते काठमाडौँमा १९ जनाको मृत्यु भइसकेको थियो । त्यसको समीक्षा गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण