१० बजे १० समाचार : ओलीको अडानदेखि जेनजी समूहभित्र वैचारिक अस्पष्टतासम्म
आज २०८२ कात्तिक २ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा ओलीको अडान, जेनजी समूहभित्र वैचारिक अस्पष्टता, विपिनको शव भोलि नेपाल आइपुग्ने, संगिता कौशल मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा, मोहन वैद्यले दिए राजीनामा, टीओबी समूहका लिडर तेन्जिङको नागरिकता सम्बन्धी विवरण फेला परेन, तिहारमा विद्युत् कमी नहुने लगायत छन् ।
१. ओलीको अडान
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमबारे धारणा सार्वजनिक गर्दै अन्तरिम सरकारलाई ‘असंवैधानिक’ संज्ञा दिएका छन् । आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले निर्वाचन गराउन सरकार नै इच्छुक नदेखिएको बताए । उनले आफ्नातर्फबाट कुनै प्रकारको गलत काम नभएको अडानलाई दोहोर्याए ।
२. जेनजी समूहभित्र वैचारिक अस्पष्टता
जेनजीका विभिन्न समूह वैचारिक रूपमा विभाजित देखिएका छन् । उनीहरू आन्दोलनको जस लिन तम्सिए पनि देशलाई निकास दिने सवालमा विभाजित देखिएका छन् ।
३. विपिनको शव भोलि नेपाल आइपुग्ने
हमासको नियन्त्रणमा रहँदा मारिएका नेपाली युवक विपिन जोशीको शव भोलि नेपाल आइपुग्ने भएको छ । जोशीको शव नेपाल पठाउनु अघि इजरायलमा उनीप्रति सम्मान प्रकट गरिएको छ ।
४. संगिता कौशल मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य मन्त्रालयको पूर्वअतिरिक्त सचिव संगिता कौशल मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । स्वास्थ्य उपकरण खरिदमा अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी लगायत केही कर्मचारीविरुद्ध मुद्दा दायर गरेको हो ।
५. मोहन वैद्यले दिए राजीनामा
क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत गर्दै चन्द्रप्रकाश (सीपी) गजुरेललाई महासचिव चयन गरिएको सो पार्टीका नेता हुकुम सिंहले जनाएका छन् ।
६. टीओबी समूहका लिडर तेन्जिङको नागरिकता सम्बन्धी विवरण फेला परेन
जेनजी आन्दोलनमा ‘टीओबी’को टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावा लामाको नागरिकतासम्बन्धी विवरण जिल्ला प्रशासन कार्यालय काठमाडौँमा फेला नपरेको जनाइएको छ । कार्यालयले काठमाडौँ जिल्ला अदालतलाई उनको नागरिकता सम्बन्धी विवरण नभेटिएको जबाफ पठाएको हो ।
७. तिहारमा विद्युत् कमी नहुने
नेपाल विद्युत् प्राधिकरणले तिहारमा विद्युतको कमी नहुने जनाएको छ । प्राधिकरणले ग्राहकलाई मनलागे जति बत्ती बाल्न भनेको छ ।
८. सीडीओलाई गृह सचिवको ७ पेज लामो निर्देशन
गृहसचिव रामेश्वर दंगालले ७७ ओटै प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई विभिन्न ११ शीर्षकमा ७ पेज लामो निर्देशन दिएका छन् ।
९. नोटबन्दीदेखि पार्टी एकतासम्म– विप्लवको पार्टीले गर्यो १७ बुँदे निर्णय
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको हालै सम्पन्न केन्द्रीय समिति बैठकले १७ बुँदे निर्णय गरेको छ । नोटबन्दीदेखि पार्टी एकताका सन्दर्भमा पार्टीले निर्णय गरेको हो ।
१०. प्रदेश सरकारहरू धमाधम खर्च कटौती गर्दै
जेनजी आन्दोलनका क्रममा भौतिक संरचना लगायतमा क्षति व्यहोरेका प्रदेश सरकारहरू धमाधम खर्च कटौती गर्न थालेका छन् । गण्डकी सरकारले मर्मत गर्न मिल्ने भवनलाई मर्मत गरेरै सेवा प्रवाहको तयारी गरेको छ । गण्डकी सरकारले नयाँ गाडी नकिन्ने निर्णयसमेत गरेको छ । यस्तै कर्णाली सरकारले पनि खर्च कटौतीका लागि पहल थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण