काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजले दोस्रो जित निकालेको छ ।
मंगलबार भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले हराएको हो ।
त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३५ रन बनायो ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सविरुद्ध २२ रनको जित निकालेको छ ।
१५८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी ५ बल बाँकी छँदै १३५ रनमा अलआउट भयो ।
लुम्बिनीका लागि शेर मल्लले सर्वाधिक २७ रनको योगदान दिए । त्यस्तै दिलिप नाथले २५ रन बनाउँदा ड्रेसी सर्टले २२ रन जोडे । लुम्बिनीका कप्तान रोहित कुमार पौडेल र गुल्बदिन नइबले ११–११ रनको योगदान गरे ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सविरुद्ध काठमान्डु गोर्खाजले छैटौँ सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले जोनाथन स्मिथका रूपमा पाँचौं विकेट गुमाएको हो भने छैटौँ विकेटका रूपमा सुमित महर्जन रन आउट भए । एक मात्र बलको सामना गरेका उनी शून्य रनमै रनआउट आउट भए ।
जोनाथनलाई भने सन्तोष यादवले ८ रनमा क्याच आउट गराए ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सविरुद्ध काठमान्डु गोर्खाजले पहिलो पावरप्लेमा दोस्रो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले सन्दीप जोराको रुपमा पहिलो विकेट गुमाएको थियो भने ।
ड्यारी सर्टलाई दोस्रो विकेटका रूपमा गुमाएको हो । उनी ११ बलमा २२ रन बनाएर आउट भए । मिलिन्दको बलमा आदिल आलमबाट सर्ट क्याच आउट भए ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमाडौँ गुर्खाजले लुम्बनी लायन्सलाई १५८ रनको मध्यम लक्ष्य दिएको छ ।
काठमान्डुले पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा १५७ रन बनाउन सक्यो । करन केसीले विस्फोटक ब्याटिङ गर्दै टोलीको मध्यम स्कोर खडा गरेका हुन् । ११ बलमा ३४ रन बनाएका उनी नटआउट रहे ।
आज काठमान्डुका भरपर्दा ब्याटरहरू भने चल्न सकेनन्, आकाश त्रिपाठीले ३२ रन बनाउँदा सन्तोष यादवले २६ तथा मिलिन्द कुमार र गेराल्ड इरास्मसले १७/१७ रन बनाए ।
काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपीएल० टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले एकै ओभरमा दुई विकेट लिएपछि काठमान्डु गोर्खाजको ब्याटिङ धर्मराएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको काठमान्डुका मिलिन्द कुमार र जोन सिम्सनलाई रोहितले एकै ओभरमा आउट गराए ।
१२औं ओभरको पहिलो बलमा छक्काको सामना गरे पनि दोस्रो र उक्त ओभरको अन्तिम बलमा रोहितले दुवै ब्याटरलाई क्याच आउट गराएका हुन् ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सले काठमान्डुविरुद्ध दोस्रो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा मंगलबार टस जितेर पहिले बलिङ गरेको लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यानले दोस्रो विकेट लिए ।
उनले पाँचौँ ओभरको चौथो बलमा राशिद खानलाई १४ रनमा क्याच आउट गराएका हुन् ।यो विकेटसँगै काठमान्डुले पाँच ओभरको समाप्तिमा २ विकेट गुमाउँदै ३१ रन बनाएको छ ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सले काठमान्डु गोर्खाजविरुद्ध सुरुमा बलिङ गर्ने भएको छ ।
मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेलमा लुम्बिनीका कप्तान रोहित कुमार पौडेलले टस जितेर काठमान्डुलाई ब्याटिङको निम्तो दिएका हुन् ।
प्रतियोगितामा आज तेस्रो खेल खेल्न लागेको लुम्बिनी दोस्रो जित निकाल्ने योजनामा छ । काठमान्डुको भने यो चौथो खेल हो । पहिलो खेलमा जनकपुरमाथि जित निकालेको उसले त्यसयता दुवै खेलमा पराजय भोगेको छ ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको सोमबारसम्म १० खेल सम्पन्न भइसकेका छन् । आठ टिम सहभागी प्रतियोगितामा हालसम्मको नतिजामा सुदूरपश्चिम रोयल्स अग्रस्थानमा छ ।
लगातार तीन खेल जितेर छ अङ्कका साथ सुदूरपश्चिम शीर्षस्थानमा छ । समान तीन खेल खेलेर छ अङ्क नै जोडेको विराटनगर किग्ङ्स रनरेटका आधारमा दोस्रो स्थानमा छ । तीनमध्ये एक खेल जितेको काठमाडौँ तेस्रो, तीनमध्ये एक खेल नै जितेको लुम्बिनी लायन्स चौथो स्थानमा छ ।
चितवन राइनोज पाचौँ, कर्णली याक्स छैटौँ, साविक उपविजेता जनकपुर बोल्ट्स सातौँ र पोखरा एभेन्जर्स तालिकाको पुछारमा छ । दश खेल सम्पन्न भइसक्दा ब्याटिङमा विदेशी खेलाडीको प्रदर्शन उच्च देखिएको छ । बलिङतर्फ भने नेपाली खेलाडी अग्रस्थानमा छन् ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपील) अन्तर्गत आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबिच खेल हुनेछ । उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ः०० बजे सुरु हुनेछ ।
करण केसीको कप्तानीमा रहेको काठमाडौँले तीन खेल खेलेको छ । जसमा दुई हार र एक खेलमा जित निकालेको थियो । काठमाडौँ दुई अङ्कसहित पाँचौँ स्थानमा छ ।
रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले दुई खेलमध्ये एक जित निकाल्दै दुई अङ्कसहित छैटौँ स्थानमा छ । दुवै टोली आज दोस्रो जितको खोजीमा हुनेछन् ।