१२ बजे १२ समाचार: कांग्रेसमा सभापतिका पाँच उम्मेदवार, पूर्वमा ठुला दललाई झस्काएर पश्चिम लाग्ने हर्कको तयारी
सारांश
- नेपाली कांग्रेसको नेतृत्वको लागि उम्मेदवारी घोषणा सुरु भएको छ, महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुनेछ।
- अख्तियार प्रमुखसहित १० हाइप्रोफाइल व्यक्तिहरुको निवास वरपर सुरक्षा निगरानी गर्न सर्कुलर जारी गरिएको छ।
- नेपालमा खेतीयोग्य जमिनको माटोको गुणस्तर खस्किएको सरकारी तथ्याङ्कले देखाएको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. कांग्रेसमा सभापतिका पाँच उम्मेदवार
गत सोमबार केन्द्रीय कार्यसमितिले पुस २६ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेपछि नेपाली कांग्रेसको नेतृत्वमा पुग्न चाहनेहरूले उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ ।
२. हाइप्रोफाइलको निवास वरपर सुरक्षा निगरानी गर्न सर्कुलर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित १० जना हाइप्रोफाइल व्यक्तिहरूका निवास वरपर सुरक्षा निगरानी गर्न सर्कुलर गरिएको छ ।
३. पूर्वमा ठुला दललाई झस्काएर पश्चिम लाग्ने हर्कको तयारी
साम्पाङलाई त्यसबेला ठुला पार्टीका नेता, कार्यकर्ता उल्याउँथे र निर्वाचन जित्नेको त कल्पना नै गर्दैन थिए । तर, उनले सानदार तरिकाले कांग्रेस–माओवादी गठबन्धनका साथै एमालेका उम्मेदवारलाई पराजित गरे ।
४. एमालेमा केन्द्रीय तहका झण्डै २ सय नेतालाई ‘अवकाश’को चिन्ता !
गत भदौ तेस्रो साता सम्पन्न दोस्रो विधान महाधिवेशनले पारित गरेको नेकपा एमालेको विधान ११ औं राष्ट्रिय महाधिवेशनमा संशोधन गर्ने कि नगर्ने भन्नेमा नेताहरुबिच विवाद भएको छ ।
याे पनि
५. नेपालमा माटोको गुणस्तर खस्कियो
नेपालको खेतीयोग्य जमिनको माटोको गुणस्तर दिनानुदिन खस्कँदै गएको एक सरकारी तथ्यांकले देखाएको छ । कृषि विभागले तयार पारेको डिजिटल माटो नक्साको पछिल्लो विवरणअनुसार नेपालको कुल जाँच गरिएको माटोमध्ये ५४ प्रतिशत माटो अम्लीय प्रकृतिको पाइएको हो ।
६ . प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा लिखित जवाफ ढिलाइले सुनुवाइ अनिश्चित
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा विपक्षी बनाइएकाहरुले लिखित जवाफ दिन ढिलाइ गर्दा सुनुवाइको मिति अनिश्चित बनेको छ । १६ वटा रिट निवेदनमध्ये दुईवटा रिटमा विपक्षी बनाइएका तत्कालीन गृहमन्त्री रमेश लेखक र काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले हालसम्म लिखित जवाफ सर्वोच्च अदालतमा पठाएका छैनन् ।
७ . लुम्बिनी प्रदेश सभा
लुम्बिनी प्रदेशसभामा तीन वर्षमा कम्तीमा तीन पटक बोल्न सकस पर्ने सांसदहरू पनि भेटिएका छन्। प्रदेश सभा सांसदहरूले जनताका समस्या सदनमा उठाउने, समाधान खोज्ने र सरकारलाई दबाब दिने प्रमुख स्थान भए पनि केही सांसदहरू भने चुपचापझैँ रहे । यस्तो सङ्ख्या १९ छ ।
८ .बालेनको फोहोर व्यवस्थापन मिसन
२०७९ साल वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउँदै गर्दा काठमाडौँका सडकहरूमा फोहोरको डङ्गुर थुप्रिएको थियो ।
९ . सुदनको दौडधुप: रवि, बालेन र कुलमानलाई एकै ठाउँमा उभ्याउन सक्लान् ?
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङ चर्चामा छन् । उनी अहिले जेनजी अगुवाहरूमध्ये प्रभावशाली मानिन्छन् ।
१० .कर्णालीः नेकपा संसदीय दलको नेता बन्न रस्साकसी
कर्णाली प्रदेशमा ‘नेपाली कम्युनिस्ट पार्टी’को संसदीय दलको नेता बन्न यतिबेला सांसदहरूबिच तीव्र रस्साकसी र दौडधुप चलेको छ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बिच भएको पार्टी एकतासँगै कर्णालीमा एकीकृत पार्टीको संसदीय दलको नेतृत्वको विषयमा चर्चा सुरु भएको हो ।
११. एनपीएल
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल)मा बिहीबार दुई खेल भएका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई हराएको छ । यससँगै काठमान्डु प्लेअफमा पुगेको छ ।
त्यस्तै दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । सुदूरपश्चिमले चितवन राइनोजलाई पराजित गरेको छ । चितवनलाई पराजित गरेसँगै सुदूरपश्चिम क्वालिफायरमा स्थान बनाउने पहिलो टोली बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण