शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : ‘निर्वाचन क्षेत्रका चर्चा’ देखि ‘बालेनको चुनावी रिपोर्टिङमा हिँडेका पत्रकार सिटौलाको निधन’सम्म

आइतबार, १८ माघ २०८२, २२ : ००
आइतबार, १८ माघ २०८२

सारांश

  • निर्वाचन क्षेत्रका चर्चा, पत्रकार सिटौलाको निधन, वाईसीएलको अर्धसैन्य संरचना ब्युँताउने निर्णय, नक्कली प्रमाणपत्र बनाउने गिरोह पक्राउ, उदयपुर सिमेन्टमा भ्रष्टाचार मुद्दा, सुनको मूल्यमा गिरावट लगायतका मुख्य समाचारहरू रहेका छन्।
  • बालेनको चुनावी रिपोर्टिङमा खटिएका पत्रकार दिनेश सिटौलाको निधन भएको छ, जसले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानलाई प्रभाव पारेको छ।
  • वाईसीएलले निर्वाचनलाई लक्षित गर्दै अर्धसैन्य संरचना पुन: सक्रिय पार्ने निर्णय गरेको छ, भने उदयपुर सिमेन्टमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

आज २०८२ माघ १८ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा निर्वाचन क्षेत्रका चर्चा, बालेनको चुनावी रिपोर्टिङमा हिँडेका पत्रकार सिटौलाको निधन, वाईसीएलले ब्युँतायो अर्धसैन्य संरचना, नक्कली सर्टिफिकेट बनाएर अमेरिकी दूतावास पुग्ने गिरोह पक्राउ, उदयपुर सिमेन्टका पूर्वमहाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सुनको मूल्यमा उच्च गिरावट लगायत छन् ।

१. निर्वाचन क्षेत्रका चर्चा
प्रतिनिधि सभाको आसन्न निर्वाचनका सन्दर्भमा रातोपाटीले विभिन्न संसदीय निर्वाचन क्षेत्रबारे चर्चा गर्दै आएको छ । यसै सन्दर्भमा आइतबार प्रकाशित केही निर्वाचन क्षेत्रबारेको चर्चा हेरौँ–

२. बालेनको चुनावी रिपोर्टिङमा हिँडेका पत्रकार सिटौलाको निधन
राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन शाहको चुनावी अभियानको रिपोर्टिङमा हिँडेका पत्रकार दिनेश सिटौलाको निधन भएको छ । उपचारका क्रममा आइतबार उनको निधन भएको हो ।

३. वाईसीएलले ब्युँतायो अर्धसैन्य संरचना
योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो अर्धसैन्य संरचनालाई पुनः ब्युँताउने निर्णय गरेको छ । 

४. नक्कली सर्टिफिकेट बनाएर अमेरिकी दूतावास पुग्ने गिरोह पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकाको डीभी प्रक्रिया अघि बढाउने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

५. उदयपुर सिमेन्टका पूर्वमहाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
उदयपुर सिमेन्ट उद्योगमा करिब ४६ करोड रुपैयाँ बराबरको क्लिङ्कर हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन दुई महाप्रबन्धकसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

६. सुनको मूल्यमा उच्च गिरावट
नेपाली बजारमा आइतबार सुनको मूल्यमा उच्च गिरावट आएको छ । गत शुक्रबार तीन लाख १८ हजार ८०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आइतबार तीन लाख रुपैयाँ प्रतितोलामा कारोबार भएको हो ।

७. विप्लव नेतृत्वको नेकपा (माओवादी)का २० बुँदे प्रतिबद्धता सार्वजनिक
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले २० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि सो पार्टीले प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।

८. साढे ८ वर्षमा फास्ट ट्रयाकको भौतिक प्रगति ४५ प्रतिशतमा सीमित
राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ–तराई/मधेस द्रुत मार्ग’ (फास्ट ट्रयाकको भौतिक प्रगति साढे ८ वर्षमा जम्मा ४५ प्रतिशतमा सीमित भएको छ । यसैबिच स्याफ्रुबेँसी–रसुवागढी सडक विस्तारको काम पनि सुरु भएको छ ।

९. माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश भएको छ ।

१०. सेयर बजारमा गिरावट
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से सूचक आइतबार ओरालो लागेको छ । आइतबार नेप्से सूचक १९.८५ अंकले ओरालो लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप