शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: झापा–५ मा प्रहरीको उच्च निगरानी, चक्रपथ दोस्रो खण्ड विस्तार अघि बढ्ने संकेत

मङ्गलबार, २७ माघ २०८२, ०० : ००
मङ्गलबार, २७ माघ २०८२

सारांश

  • झापा-५ मा निर्वाचनको विषयमा शंका उत्पन्न भएको छ, हुलदंगाको हल्ला चलेको छ।
  • सर्वोच्च अदालतमा नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी रिट निवेदनको सुनुवाइ निर्वाचन अघि हुने वा नहुने चासो बढेको छ।
  • सरकारले चक्रपथ दोस्रो खण्ड विस्तारका लागि चिनियाँ कम्पनीलाई कर छुट दिने निर्णय गरेको छ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. झापा–५ मा प्रहरीको उच्च निगरानी

झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने दमक नगरपालिका–६ का भरतकुमार श्रेष्ठ आगामी फागुन २१ गते निर्वाचन नै नहुने हो कि भन्ने शंका गर्छन् । उनले हल्ला सुनेका छन्, ‘यहाँ भावी प्रधानमन्त्रीका उम्मेदवारहरू कुनै एक जनाले चुनाव हार्ने भए भने ठुलै दुर्घटना वा हुलदंगा हुन्छ र मान्छे मर्छन् । त्यस्तो दुर्घटना भएपछि निर्वाचन स्थगित हुन्छ ।’

२. कांग्रेसको आधिकारिकता सम्बन्धी रिटमा चुनाव अघि तोकिएला पेसी ?

सर्वोच्च अदालतमा नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी रिट निवेदन विचाराधीन छ । सर्वोच्चको आदेश अनुसार विपक्षीले म्याद बुझिसकेका छन् । यसैबिच निर्वाचन अघि यो रिटमा सुनुवाइ होला कि नहोला भन्नेबारे चासो बढेको छ ।

३. चक्रपथ दोस्रो खण्ड विस्तार अघि बढ्ने संकेत

सरकारले काठमाडौँ चक्रपथको दोस्रो खण्ड (कलंकी–बसुन्धारा) विस्तारका लागि चिनियाँ निर्माण कम्पनीलाई सबै प्रकारका करहरूमा छुट दिने भएको छ । यससँगै चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बन्ने यो परियोजनाको काम अगाडि बढ्ने मार्ग प्रशस्त हुने भएको हो ।

४. ६७ वर्षमा ४९ सरकार

२०१५ सालको संसदीय निर्वाचन यता नेपालमा ४९ वटा सरकार बनिसकेका छन् । राजनीतिक अस्थिरता नेपालको राजनीतिक विशेषताजस्तै भइसकेको छ । पढौँ– यसबारे एक रिपोर्ट

५. एमालेका अनुभवी नेता ‘बेरोजगार’

चुनावको चटारोले दलहरू र उम्मेदवारहरूलाई छोए पनि नेकपा एमालेका केही अनुभवी नेता भने बेरोजगारजस्तै देखिएका छन् । उम्मेदवारी नपाएका उनीहरूलाई पार्टीले समेत चुनाव प्रचारमा परिचालन गर्न सकेको छैन । जसले गर्दा उनीहरू फुर्सदिला देखिएका हुन् ।

६. जाँचबुझ आयोगको म्याद २५ दिन थप्ने निर्णय

सरकारले जेनजी आन्दोलनको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप गर्ने भएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो पटक आयोगको म्याद थप गर्ने निर्णय गरेको हो ।

७. चुनावी चर्चा

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रातोपाटीले दैनिक रूपमा विभिन्न निर्वाचन क्षेत्र केन्द्रित समाचार तथा रिपोर्ट तयार पार्दै आएको छ । सोही क्रममा सोमबार तयार पारिएका रिपोर्ट पढौँ–

८. छापा मार्न पुगेको सशस्त्र प्रहरीको टोलीमाथि तस्कर समूहको आक्रमण

पर्सामा अवैध गोदाममा छापा मार्न पुगेको सशस्त्र प्रहरीको टोलीमाथि तस्कर समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

९. अन्तिम फैसला सधैँ निर्विकल्प नहुने सर्वोच्चको व्याख्या

सर्वोच्च अदालतले अन्तिम फैसला भइसकेका मुद्दामा पनि गम्भीर कानुनी त्रुटि वा प्राकृतिक न्यायको सिद्धान्त उल्लङ्घन भएको पाइएमा ‘असाधारण अधिकार क्षेत्र’ अन्तर्गत सुनुवाइ हुन सक्ने नजिर स्थापित गरेको छ । सर्वोच्चले अन्तिम फैसला सधैँ निर्विकल्प नहुने व्याख्या गरेको हो ।

१०. चूडामणि उप्रेतीलाई थप १० वर्ष जेल

३३ किलो सुन तस्करी प्रकरण तथा सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले चूडामणि उप्रेती ‘गोरे’लाई थप १० वर्ष जेल सजाय हुने फैसला गरेको छ । जिल्ला अदालतको आदेश अनुसार जन्मकैद सजाय पाएका उनलाई उच्च अदालतले हत्या कसुरमा थप १० वर्ष सजाय तोकेको हो ।

११. नेप्से परिसूचकमा गिरावट

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार पनि गिरावट आएको छ । सोमबार २६.०५ अंकले नेप्सेमा गिरावट आएको हो ।

१२.टी–२० विश्वकप

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप