१२ बजे १२ समाचार: रातोपाटीको ‘निर्वाचन विशेष पोर्टल’ सञ्चालनमा, भिडबाट दिक्क छन् बालेन !
सारांश
- रातोपाटीले निर्वाचनलाई लक्षित गर्दै विशेष पोर्टल सञ्चालन गरेको छ।
- रास्वपाले सुर्खेतमा सभा गर्यो, जसमा अनुमानभन्दा बढी मानिसको उपस्थिति रह्यो र वाचापत्र सार्वजनिक गरियो।
- निर्वाचन प्रचारमा 'रुफटप भेहिकल' प्रयोगमा सुरक्षा समितिले रोक लगाउने निर्णय गर्यो।
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ ।
१. रातोपाटीको इलेक्सन पोर्टल
रातोपाटी डटकमले फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै ‘निर्वाचन विशेष पोर्टल’सञ्चालनमा ल्याएको छ ।
प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक निर्वाचनसम्बन्धी सबै जानकारी एकैठाउँमा दिने उद्देश्यका साथ पोर्टल सञ्चालनमा ल्याइएको हो ।
२. रास्वपाको वाचापत्र
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित घण्टाघरमा ‘हामी आयौँ,’ ‘परिवर्तन उद्घोष सभा’ गर्यो । उक्त सभामा स्वयं रास्वपाकै नेताहरुले अनुमान गरेभन्दा बढी उपस्थिति देखियो ।
सुरक्षा निकायका अनुसार सभामा १०(११ हजार मान्छे सहभागी भएका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोहनजंग बुढाथापाले उक्त संख्या अनुमान गरे भन्दा धेरै नै हो । यद्यपि रास्वपाका नेताहरुले भने उपस्थितिको संख्या अझै धेरै भनेका छन् । सोही अवसरमा वाचापत्र पनि सार्वजनिक गरियो ।
३. रुफटप भेहिकलमा रोक
निर्वाचन प्रचारमा जाँदा उम्मेदवारहरुले छत खोलेर हिँड्न मिल्ने ‘रुफटप भेहिकल’ प्रयोग गरेको बारेमा केन्द्रिय सुरुक्षा समितिमा छलफल भएको छ ।
बिहीबार सिंहदरबारमा बसेको सुरक्षा समितिको बैठकले त्यस्ता गाडी प्रयोगमा रोक लगाउने निर्णय गरेको छ । उम्मेदवारहरुको सुरक्षालाई ध्यान दिएर त्यस्ता भेहिकल प्रयोगमा रोक लगाउने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले रातोपाटीलाई बताए ।
४. थरीथरीका नाममा घोषणापत्र
देश यतिबेला निर्वाचनमय बनेको छ । उम्मेदवारहरू विभिन्न प्रतिबद्धता, योजना र कार्यक्रमसहित जनतामाझ पुगिरहेका छन् । मतदाता रिझाउन अनेक उपाय अपनाउँदैछन् भने आश्वासन र प्रतिबद्धताका दस्तावेज धमाधम सार्वजनिक भइरहेका छन् । राजनीतिक दलहरूले आ–आफ्ना चुनावी एजेन्डालाई फरक–फरक नाम दिएर प्रस्तुत गरिरहेका छन् ।
कसैले ‘घोषणापत्र’ सार्वजनिक गरेका छन्, कसैले ‘बाचापत्र’ ल्याएका छन् भने केहीले ‘प्रतिबद्धतापत्र’, ‘संकल्पपत्र’ वा ‘प्रतिज्ञापत्र’ नाम दिएका छन् । नाम फरक–फरक भए पनि मूल आशय भने चुनावी घोषणा र आश्वासन नै भएको धेरैको टिप्पणी छ । कतिपयले यसलाई ‘जनतालाई आकर्षित गर्ने तरिका’ का रूपमा व्याख्या गरेका छन् भने केहीले ‘नाम परिवर्तन गरेर पुरानै कुरा दोहोर्याउने प्रवृत्ति’ भनेका छन् ।
५. कांग्रेसको प्रतिज्ञापत्र
नेपाली कांग्रेसले सुशासनलाई प्राथमिकतामा राखेर निर्वाचनपछि पार्टी सरकारमा गएमा कार्यान्वयन गर्ने विभिन्न योजना सार्वजनिक गरेको छ । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि तयार गरेको प्रतिज्ञापत्रमा समेटिएका विषयबारे सभापति गगन थापाले व्यक्त गरेका धारणामा धेरैजसो सुशासन कसरी स्थापित गर्ने र मुलुकको मुहार कसरी फेर्ने भन्ने विषय उल्लेख छ ।
६. एमालेको घोषणापत्र
नेकपा एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने संकल्पसहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
बिहीबार अध्यक्ष केपी शर्मा ओलीद्वारा सार्वजनिक घोषणापत्रमा आगामी ५ वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार १०० खर्ब पुर्याउने महत्त्वाकाङ्क्षी लक्ष्य राखिएको छ।
७. ४ दलको आन्दोलन
चार वटा पार्टी सम्मिलित केन्द्रीय संयुक्त सङ्घर्ष समितिले निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा गरेको छ ।
बिहीबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध केन्द्रीय संयुक्त सङ्घर्ष समितिको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको हो ।
८. भिडबाट दिक्क छन् बालेन !
झापा ५ निर्वाचन क्षेत्रका उम्मेदवार रहेका बालेन शाह आफ्नो निर्वाचन क्षेत्रको एक स्थानीय व्यक्तिको घरमा पुग्छन् । जहाँ उनले क्यान्सर रोगबाट पीडित एक वृद्ध र उनको परिवारसँग कुराकानी गरेका छन् । कुराकानीका क्रममा बालेन भन्छन्, ‘क्यान्सरको उपचारका लागि त खेतबारी नै बेच्नुपर्ने अवस्था छ ।’ पीडित ‘परिवार हो नि’ भन्छन् ।
९. राप्रपा बैठक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय पदाधिकारीको बैठक आज धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको छ। अध्यक्ष राजेन्द्र लिङ्देन उपत्यका बाहिर रहेकाले बैठक वरिष्ठ नेता तथा उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा सम्पन्न भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
१०. रमजान पर्व
मुस्लिम समुदायको रमजान पर्व सुरू भएको छ । अघिल्लो दिन रातिदेखि भोलिपल्ट बिहान सूर्योदय भन्दा पहिले सेहरी (रातिको खाना) खाएर इस्लाम धर्मावलम्बीहरूले रमजानको व्रत बस्छन् । यो पर्वमा एक महिनासम्म रोजा अर्थात् व्रत बस्ने गरिन्छ ।
११. अर्थका कुरा
सरकारले जेनजी आन्दोलनबाट क्षतिग्रस्त संरचना निर्माण गर्न दातृ निकायबाट सहयोग लिने तयारी गरेको छ । अर्थ मन्त्रालयकाअनुसार स्रोतको चाप परेका कारण विकास साझेदारहरुसँग पुनर्निमाण गर्न स्रोत लिने तयारी गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण