शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: इरान–इजरायल युद्धपछि तनावमा मध्यपूर्वदेखि विश्वकपबाट बाहिरियो पाकिस्तानसम्म

आइतबार, १७ फागुन २०८२, ०० : ०१
आइतबार, १७ फागुन २०८२

सारांश

  • अमेरिका र इजरायलको इरानमाथिको हवाई आक्रमणपछि मध्यपूर्वमा तनाव बढेको छ, जसले हवाई उडानहरू प्रभावित पारेको छ।
  • नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल राजनीतिमा प्रवेश गरेका छन् र रास्वपाको समानुपातिक उम्मेदवार बनेका छन्।
  • नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरेको छ भने फागुन २१ गते हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ।

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ–

१. चुनावी चर्चा 

२. विश्वकप

३. मध्यपूर्व तनाव: विश्वका नेताहरुले के भने ?

इरानमाथि अमेरिका र इजरायलले गरेका हवाई आक्रमणलाई लिएर विश्वभरका नेताहरूले प्रतिक्रिया दिइरहेका छन् । केही नेताहरूले आजको घटनाले क्षेत्रीय अस्थिरता बढाउन सक्ने चिन्ता व्यक्त गरेका छन् ।

४. मध्यपूर्वतर्फका उडान स्थगित

अमेरिका र इजरायलले इरानविरुद्ध आक्रमण गरेपछि मध्यपूर्वमा हवाई उडान प्रभावित भएको छ । मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चिन्ताका कारण विश्वका प्रमुख एयरलाइन्सहरूले सो क्षेत्रतर्फका उडानहरू डाइभर्ट र रद्द गरेका हुन् ।

५. मध्यपूर्व तनाव: नेपालका नेताहरुले के भने ?

इरानमाथि अमेरिका र इजरायलले गरेका हवाई आक्रमणपछि मध्यपूर्वमा बढ्दो तनावलाई लिएर नेपालका नेताहरु पनि चिन्ता व्यक्त गरेका छन् । खासगरी खाडी मुलुकमा रहेका नेपालीहरुलाई सतर्क र सजग रहन उनीहरुले आग्रह गरेका छन् ।

६. इरानमा आक्रमणपछि मध्यपूर्वमा तनाव

अमेरिका र इजरायलले इरान विरुद्ध आक्रमण गरेपछि मध्यपूर्वमा तनाव सुरु भएको छ । शनिबार अमेरिका र इजरायलले आक्रमण गरेपछि इरानले पनि मध्यपूर्वमा विभिन्न देशमा रहेका अमेरिकी सैन्य बेसक्याम्पमाथि आक्रमण सुरु गरेको छ । 

७. ‘टक फर्वार्ड’मा क्रिकेटर ज्ञानेन्द्र मल्ल

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल नयाँ मैदानमा प्रवेश गरेका छन् राजनीतिको मैदानमा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवार रहेका ज्ञानेन्द्र खेलकुदको अनुशासित भूमिका राजनीतिमा पनि निर्वाह गर्ने अठोट लिएर नयाँ यात्रामा निस्किएका हुन् ।

८. इजरायलमा नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह

मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रम र बढ्दो सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै इजरायलको तेल अविवस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

९. पेट्रोलियम पदार्थको मूल्य यथावत्

नेपाल आयल निगम लिमिटेडले अन्तर्राष्ट्रिय बजारमा बढेर आएको खरिद मूल्यका बाबजुद पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरेको छ ।

१०. निर्वाचनको तयारी अन्तिम चरणमा

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पुर्‍याइसकिएको छ ।

११. शनिबार विशेष

 १२. कांग्रेसले भोलि ६ वटा चुनावी सभा गर्ने

नेपाली कांग्रेसले भोलि काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने भएको छ । चुनावी सभाहरूमा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप