बझाङ दुर्घटना : स्थानीय तहबाट न्यूनतम साढे दुई लाख सहयोग गर्ने निर्णय
धनगढी । बझाङको केदारस्युँ गाउँपालिका–७ सुँगरेमा भएको जीप दुर्घटनापछि पीडित परिवार र घाइतेहरूको उपचारका लागि जिल्लाका सबै स्थानीय तहले कम्तीमा दुई लाख ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने भएका छन्।
आइतबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको सर्वदलीय बैठकले राहत, उपचार र विपद् व्यवस्थापनसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो।
साथै, जिल्लास्थित राजनीतिक दल, उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था, नेपाल पत्रकार महासंघ तथा राष्ट्रसेवक कर्मचारीलाई पनि स्वेच्छिक रूपमा आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ। संकलित सहयोगको समन्वय दुर्गाथली गाउँपालिकाले गर्ने निर्णय गरिएको छ।
घाइतेहरूको उपचारका लागि आवश्यक थप सहयोग उपलब्ध गराइदिन गृह मन्त्रालय तथा सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।
समितिका अनुसार दुर्घटनामा गम्भीर घाइतेमध्ये दुई जनालाई काठमाडौं र पाँच जनालाई नेपालगञ्ज हेलिकोप्टरमार्फत थप उपचारका लागि पठाउँदा ठूलो आर्थिक भार परेको छ। सोही कारण उपचार खर्च व्यवस्थापनका लागि विभिन्न निकायसँग सहयोग जुटाउने निर्णय गरिएको हो। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु समेत भएको थियो ।
त्यसैगरी, मनसुन सक्रिय भएसँगै अविरल वर्षा, बाढी, नदी कटान र पहिरोका कारण सडकहरू थप जोखिममा परेकाले जिल्लाका सबै स्थानीय तहलाई आफ्नो क्षेत्रभित्रका जोखिमयुक्त सडक र मोडहरूको तत्काल सुधार, मर्मत–सम्भार तथा आवश्यक पूर्वतयारी गर्न निर्देशन दिने निर्णय पनि गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
-
१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण