२४ घण्टाको अवधिमा विपद्का घटनामा ७ जनाको मृत्यु
सारांश
- देशका विभिन्न स्थानमा भएका ५५ वटा विपद्का घटनामा परी पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ ।
- यस अवधिमा सर्पदंशबाट ३ जना, बाढीबाट २ जना र पहिरोबाट २ जना गरी जम्मा ७ जनाले ज्यान गुमाएका छन् ।
- विपद्का कारण ४४ जिल्ला प्रभावित भएका छन् भने २५ लाख २५ हजार रुपैयाँ बराबरको अनुमानित आर्थिक नोक्सानी भएको छ ।
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका ५५ वटा विपद्का घटनामा परी पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार बुलेटिन अनुसार, यस अवधिमा सर्पदंश, बाढी र पहिरोका कारण मानवीय क्षति भएको हो ।
प्राधिकरणको विवरण अनुसार, सर्पदंशबाट ३ जना, बाढीबाट २ जना र पहिरोबाट २ जना गरी जम्मा ७ जनाले ज्यान गुमाएका छन् । यी विभिन्न घटनाहरूमा परी १९ जना घाइते भएका छन् । विपद्का कारण देशका ४४ जिल्ला प्रभावित भएका छन् भने बाढी र पहिरोमा फसेका २५ जनाको सकुशल उद्धार गरिएको छ । विपद् प्रतिकार्यका लागि देशभर २१६ स्थानमा प्रहरी परिचालन गरिएको छ ।
यस अवधिमा करिब २५ लाख २५ हजार रुपैयाँ बराबरको अनुमानित आर्थिक नोक्सानी भएको प्राधिकरणले जनाएको छ । पछिल्लो २४ घण्टामा बाढीका १३ र पहिरोका २० वटा घटनाहरू दर्ता भएका छन् । यसैबिच, चालु वर्षको वैशाख १ गतेदेखि असार २९ गतेसम्मको समग्र तथ्याङ्क हेर्दा विपद्का घटनामा परी मृत्यु हुनेको कुल संख्या १५३ पुगेको छ ।
यस अवधिमा ३ हजार १२५ वटा विपद्का सानाठूला घटनाहरू भएका छन्, जसबाट ४ हजार १९५ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । यो अवधिमा सबैभन्दा बढी ३७ जनाको मृत्यु सर्पदंशका कारण भएको छ भने चट्याङबाट २३ र लेक लागेर २१ जनाको मृत्यु भएको छ ।
यसैबिच पछिल्लो २४ घण्टामा सुनसरीको तरहरा केन्द्रमा सबैभन्दा बढी १२३.३ मिलिमिटर वर्षा मापन गरिएको छ । तापक्रमतर्फ डोटीको दिपायलमा सबैभन्दा बढी ३६.४ डिग्री सेल्सियस र सोलुखुम्बुको लुक्लामा सबैभन्दा कम १५.० डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
-
१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण