मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आफ्नी सासूलाई रोमान्टिक डेटमा लैजान चाहन्थे अक्षय कुमार, रातभरी गर्न चाहन्थे यस्ता कुरा

सोमबार, २१ माघ २०७५, ११ : १३
सोमबार, २१ माघ २०७५

बलिउड फिल्म निर्माता करन जोहरले होस्ट गर्ने कार्यक्रम ‘कफी विद करन’ मा सेलिब्रिटीले विभिन्न कुराको खुलासा गर्ने गर्छन् । थुप्रै पटक यहाँ गरिएका खुलासाले दर्शकलाई चकित पार्नुका साथै विवादसमेत निम्त्याउने गर्छ । यस्तै एक खुलासा अक्षय कुमारले गरेका छन् । यो एपिसोड निकै पुरानो हो । यो अक्षयको पहिलो ‘कफी विद करन’ थियो । उक्त कार्यक्रममा अक्षयले डिम्पललाई रोमान्टिक डेटिङमा लान चाहेको बताएका थिए । यो कुराकानीको भिडियो डिलिट गरिएको थियो तर यो अचानक एकपटक पुनः सोसल मिडियामा भाइरल भइरहेको छ ।

जुन भिडियो इन्टरनेटमा सेयर गरिँदै छ त्यो एपिसोडमा समावेश थिएन । हुन त यो एपिसोडमा निकै मसालेदार कुरा भएका थिए तर यी कुरा एडिट गरिएको थियो ।

करनले अक्षयलाई सोधे, ‘यदि तिमी विवाहित नभएको भए कुन बलिउड नायिकालाई रोमान्टिक डेटमा लैजान चाहन्छौ ?’ अक्षय कुमारले एकछिन सोचे र भनेँ, ‘डिम्पल कपाडिया र रातभरी उनीसँग उनको छोरीबारे कुरा गर्थेँ ।’

उनले आफैं एक सनसनीपूर्ण कुरा गरेर त्यसलाई निकै चलाखीपूर्ण ढङ्गले सम्हाले पनि ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप