रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष समाचार
आज मिति २०८० साल असार महिनाको २९ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ'मा प्रस्तुत गरिएको छ ।
माओवादी निर्णयको प्रतीक्षामा नेसपा
नेपाल समाजवादी पार्टी (नेसपा)ले नेकपा माआवादी केन्द्रसँग गर्ने भनेको एकता माओवादीको आसन्न केन्द्रीय समिति बैठकबाट टुंगो लाग्ने विश्वास गरेको छ । यसअघि नै समाजवादी पार्टीले पार्टी एकताका लागि माओवादीलाई लिखित प्रस्ताव पठाएकोमा त्यसको जवाफ प्राप्त भैनसकेको नेसपाका नेताहरुको भनाइ छ ।
इक्यानको निर्वाचन
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को शनिबार निर्वाचन हुँदैछ । त्यसका लागि दुई प्यानलसहित ४ जनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । पूर्वअध्यक्ष विष्णुहरि पाण्डे र द्वितीय उपाध्यक्ष शेषराज भट्टराईले प्यानलसहित अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै प्रथम उपाध्यक्ष देवीदास भट्टराई र तृतीय उपाध्यक्ष कृष्णहरि केसीले अध्यक्ष पदका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् ।
नेपाल पराजित
एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपाली टोली बलियो पाकिस्तानसँग चार विकेटले पराजित भएको छ । टस जिती पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा अलआउट हुनुअघि एक सय ७९ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण