आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बिहीबार, १० जेठ २०८१, २१ : ५२
बिहीबार, १० जेठ २०८१

आज मिति २०८१ साल जेठ महिनाको १० गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. कार्यदलको बैठक निष्कर्षविहीन

सहकारीको रकम हिनामिना र अपचलन सम्बन्धी गठन गर्ने भनिएको संसदीय छानबिन समितिका लागि कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्षविहीन भएको छ । बिहीबार सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको बैठकमा सहमति जुट्न नसकेपछि निष्कर्षविहीन भएको हो ।

२. बारको विज्ञप्ति विवादमा

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाबारे नेपाल बार एसोसिएसनले निकालेको विज्ञप्ति विवादमा तानिएको छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई नागरिकता विवादमा पक्राउ गरेपछि निकालेको विज्ञप्तिले बारमा विवाद देखिएको हो ।

३. मुसुरोमा भाइरस

दालबाली अन्तर्गत पर्ने मुसुरोमा पहिलो पटक ‘भाइरस’ फेला परेको छ । नेपाली मुसुरोमा ‘विट वेस्टर्न एल्लोज् भाइरस’, ‘चिकपी क्लोरोटिक स्टर्न भाइरस’ र ‘फबा बीन निक्टोरिक एल्लो भाइरस’ फेला परेको हो ।

४. गतिरोध खुलाउन एकीकृत समाजवादीले पहल गर्ने

नेकपा एकीकृत समाजवादीले संसद्को गतिरोध अन्त्यका लागि पहलकदमी लिने भएको छ ।  बिहीबार बसेको सो पार्टीको ८२ औँ सचिवालय बैठकले संसद्को गतिरोध अन्त्यका निम्ति पहल कदमी लिने निर्णय गरेको हो ।

५. साना कम्युनिस्टको खबर

देशको शासन सत्तामा कम्युनिस्ट पार्टीहरूको जगजगी छ । संसदमा दबदबा देखिन्छ । सत्ता र शक्तिमा ठुला कम्युनिस्ट पार्टी छन् । सत्तामा नजोडिएका र संसदमा पाइलै नहालेका स–साना कम्युनिस्ट पार्टीको सङ्ख्या पनि बाक्लै छ ।

साना कम्युनिस्ट पार्टीहरू पनि ठुला बाम दल जस्तै वैचारिक, सैद्धान्तिक, कार्यनीति र कार्यदिशाको अन्तरसंघर्षबाट गुज्रिरहेका छन् । यही कारण २००६ साल वैशाख १० गते पुष्पलाल श्रेष्ठको नेतृत्वमा स्थापित नेपाल कम्युनिस्ट पार्टी साढे सात दशकको अवधिमा दर्जनौँ पटक फुट्ने र जुट्ने उपक्रमबाट गुज्रिरहेको छ ।

६. बुद्ध जयन्ती

शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज मनाइएको छ ।  प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ ।


७. एनआरएनएसम्बन्धी दुई मुद्दा अदालतमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवादबारे फैसलापछि पनि थप दुई नयाँ मुद्दा दर्ता भएका छन् । सर्वोच्च अदालतले चैत २१ मा संघलाई २०७८ माघ १ को अवस्थामा फर्काउँदै सोही बिन्दुबाट सहमतिको खोजी गर्न फैसला गरेपछि पनि मुद्दा मामिला जारी रहेको हो ।

८. प्रदेश खबर

लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणको काम धमाधम चलिरहेको छ ।

थप समाचार

 

९. सुनको मूल्य

पछिल्लो तीन वर्षको अवधिमा सुनको मूल्य तोलामा ४६ हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २०७८ सालको जेठदेखि २०८१ सालको जेठसम्म आइपुग्दा प्रतितोला ४६ हजार रुपैयाँभन्दा बढीले मूल्य बढेको हो ।

 

१०. सन्दीपको भिसाबारे पहल

नेपालस्थित अमेरिकी दूतावासले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भिसा (प्रवेशाज्ञा) अस्वीकार गरेको विषयमा युवा तथा खेलकुद मन्त्रालयले आवश्यक पहल सुरु गरेको छ ।

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्कासँगको कुराकानीपछि बिहीबार खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई सन्दीपलाई भिसा उपलब्ध गराउन आवश्यक सहजीकरणका लागि अनुरोध गर्दै पत्र पठाएको छ ।

थप समाचार

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप