शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : वामदेवलाई माधवको रातो कार्पेटदेखि राष्ट्र बैंकको मौद्रिक नीतिसम्म

शुक्रबार, २७ असार २०८२, २१ : ३७
शुक्रबार, २७ असार २०८२

आज मिति २०८२ साल असार महिनाको २७ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा ‘१० बजे १० समाचार’ लिएर उपस्थित भएका छौँ–

१‍‍.वामदेवलाई माधवको रातो कार्पेट

पूर्वउपप्रधानमन्त्री तथा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम अन्ततः नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने निश्चित भएको छ । एमालेका पूर्वउपाध्यक्ष समेत रहेका गौतम र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरुबिच साउन २ गते शुक्रबार पार्टी एकताको घोषणा गर्ने सहमति भएको हो ।

एकीकृत पार्टीमा गौतम तेस्रो वरियताको वरिष्ठ नेता रहने एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए ।

२.काठमाडौँ महानगरको कार्यपालिका बैठक

काठमाडौँ महानगरपालिकाका बैठक एक मिनेटमा सकिएको छ ।

महानगर प्रमुख बालेन शाहको अध्यक्षातामा शुक्रबार बसेको कार्यपालिका बैठक एक मिनेटमै सकिएको हो ।

३.नेपाल राष्ट्र बैंकको मौद्रिक नीति 

अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले लचिलो मौद्रिक नीति ल्याएका छन् ।

सर्वसाधारणदेखि निजी क्षेत्रको अधिकतम मागलाई सम्बोधनको प्रयास गर्दै गभर्नर पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेका हुन् । 

निजी क्षेत्रलाई खुसी बनाउने गरी आएको बजेट कार्यान्वयनका लागि थप सहजता प्रदान गर्नेगरी मौद्रिक नीति आएको विश्लेषण गरिएको छ ।

४.जसपा नेपाल र नाउपालाई रोक्ने प्रयासमा कांग्रेस

सरकारप्रतिको समर्थन फिर्ता लिएका नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टी नेपाललाई सत्ता साझेदार दल नेपाली कांग्रेसले फकाउन थालेको छ ।

नागरिक उन्मुक्ति पार्टीले प्रदेश तथा संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको र आफ्ना मन्त्रीसमेत फिर्ता बोलाइसकेको छ । 

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टीका मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेका छन् । सोही घटनापछि नागरिक उन्मुक्ति पार्टीले प्रदेशदेखि केन्द्रसम्मका सरकारबाट समर्थन फिर्ता लिएको छ ।

 

५.पूर्वराजाका संवाद सचिव पाठक रिहा

पूर्वराजा ज्ञानेन्द्र शाहसँग सम्बन्धित सूचना तथा विज्ञप्तिहरू गैरकानुनी रुपमा ‘श्री ५’ को नाममा निकाल्दै आएका फणिराज पाठक रिहा भएका छन् । 

 

६.के प्रधानमन्त्री ओलीले मन्त्री हेरफेर गर्न लागेका हुन् ? 

‘अब अल्याङटल्याङ गर्ने समय छैन, मन्त्रीको कार्यक्षमता प्रभावकारी नभए मैले सोच्नुपर्ने हुन्छ र कर्मचारीले पनि उत्साहका साथ काम गर्नुपर्छ’, प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ मंसिर १२ गते सिंहदरबारमा आफ्नो मन्त्रिपरिषदका सबै मन्त्री र सचिवहरूलाई राखेर भनेका थिए ।

सिंहदरबारमा मन्त्रालयहरूको त्रैमासिक समीक्षाका क्रममा प्रधानमन्त्री ओलीले मन्त्री परिवर्तन हुनसक्ने संकेत गर्दै प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप