शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: एक मिनेटको कार्यपालिका बैठक, पूर्वराजाका संवाद सचिव पाठक रिहा

शनिबार, २८ असार २०८२, ०० : ००
शनिबार, २८ असार २०८२

सारांश

  • काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक एक मिनेटमै सकियो।
  • वामदेव गौतम नेकपा एसमा प्रवेश गर्ने पक्का भएको छ, पार्टी एकताको घोषणा साउन २ गते हुने।
  • नेपालले साफ यू-२० महिला च्याम्पियनसिपमा भुटानलाई ६-० गोलले हरायो।

आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा ‘१२ बजे १२ समाचार’ लिएर उपस्थित भएका छौँ–

१. एक मिनेटको कार्यपालिका बैठक

काठमाडौँ महानगरपालिकाका बैठक एक मिनेटमा सकिएको छ ।

महानगर प्रमुख बालेन शाहको अध्यक्षातामा शुक्रबार बसेको कार्यपालिका बैठक एक मिनेटमै सकिएको हो ।

२. पतञ्जली जग्गा प्रकरण:

पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतले शुक्रबार चार जनाको बयान लिन सुरु गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा दायर गरेको मुद्दाकै सन्दर्भमा प्रतिवादी बनाइएका चार जनाले शुक्रबारका लागि विशेष अदालतमा उपस्थित हुने सूचना दिएका थिए । सोही अनुसार चार जनाको बयान सुरु भएको हो ।

३. वामदेवलाई माधवको रातो कार्पेट

पूर्वउपप्रधानमन्त्री तथा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम अन्ततः नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने निश्चित भएको छ । एमालेका पूर्वउपाध्यक्ष समेत रहेका गौतम र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरुबिच साउन २ गते शुक्रबार पार्टी एकताको घोषणा गर्ने सहमति भएको हो ।

एकीकृत पार्टीमा गौतम तेस्रो वरियताको वरिष्ठ नेता रहने एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए ।

४. सर्वोच्चको नजरमा कर फछ्र्यौट मुद्दामा विशेषले गरेका त्रुटि के–के हुन् ?

कर फछ्र्यौट आयोगका पदाधिकारीहरू विरुद्धको मुद्दामा विशेष अदालतको फैसला नमिलेको भन्दै सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

गत सोमबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले आयोगका अध्यक्षको हैसियतमा लुम्बध्वज महत, सदस्यका हैसियतमा उमेश ढकाल र सदस्यसचिवको हैसियतमा काम गरेका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मालाई कैद सजाय सुनाउने विशेषको फैसला नमिलेको भन्दै सुरु अदालतमै पठाउने आदेश गरेको छ ।

५. नेपाल राष्ट्र बैंकको मौद्रिक नीति 

अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले लचिलो मौद्रिक नीति ल्याएका छन् ।

सर्वसाधारणदेखि निजी क्षेत्रको अधिकतम मागलाई सम्बोधनको प्रयास गर्दै गभर्नर पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेका हुन् । 

निजी क्षेत्रलाई खुसी बनाउने गरी आएको बजेट कार्यान्वयनका लागि थप सहजता प्रदान गर्नेगरी मौद्रिक नीति आएको विश्लेषण गरिएको छ ।

६. जसपा नेपाल र नाउपालाई रोक्ने प्रयासमा कांग्रेस

सरकारप्रतिको समर्थन फिर्ता लिएका नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टी नेपाललाई सत्ता साझेदार दल नेपाली कांग्रेसले फकाउन थालेको छ ।

नागरिक उन्मुक्ति पार्टीले प्रदेश तथा संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको र आफ्ना मन्त्रीसमेत फिर्ता बोलाइसकेको छ । 

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टीका मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेका छन् । सोही घटनापछि नागरिक उन्मुक्ति पार्टीले प्रदेशदेखि केन्द्रसम्मका सरकारबाट समर्थन फिर्ता लिएको छ ।

७.पूर्वराजाका संवाद सचिव पाठक रिहा

पूर्वराजा ज्ञानेन्द्र शाहसँग सम्बन्धित सूचना तथा विज्ञप्तिहरू गैरकानुनी रुपमा ‘श्री ५’ को नाममा निकाल्दै आएका फणिराज पाठक रिहा भएका छन् । 

८.के प्रधानमन्त्री ओलीले मन्त्री हेरफेर गर्न लागेका हुन् ? 

‘अब अल्याङटल्याङ गर्ने समय छैन, मन्त्रीको कार्यक्षमता प्रभावकारी नभए मैले सोच्नुपर्ने हुन्छ र कर्मचारीले पनि उत्साहका साथ काम गर्नुपर्छ’, प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ मंसिर १२ गते सिंहदरबारमा आफ्नो मन्त्रिपरिषदका सबै मन्त्री र सचिवहरूलाई राखेर भनेका थिए ।

सिंहदरबारमा मन्त्रालयहरूको त्रैमासिक समीक्षाका क्रममा प्रधानमन्त्री ओलीले मन्त्री परिवर्तन हुनसक्ने संकेत गर्दै प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएका थिए ।

९. रसुवा बाढी
सुवा बाढीमा परी प्रभावित भएका ९१ जना नेपाली नागरिकलाई चीनको केरुङमा खान र बस्नको व्यवस्थासहित सुरक्षित अवस्थामा राखिएको छ । नेपाल फर्कन चाहने नेपाली नागरिकलाई वैकल्पिक मार्ग प्रयोग गरी नेपाल फर्कन गृह मन्त्रालय र परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक पहल समेत भइरहेको छ ।

१०.अब कहिले हुन्छ कांग्रेसका सात भ्रातृसंस्थाको महाधिवेशन ?

नेपाली कांग्रेसको असार २३ गते सम्पन्न केन्द्रीय समिति बैठकले सात भ्रातृसंस्थालाई अन्तिम पटकका लागि महाधिवेशन गर्न समय दिने निर्णय गरेको छ । पार्टीले पटक–पटक म्याद थप्दा पनि महाधिवेशन गर्न नसकेका ती संस्थालाई अहिले भएका तदर्थ समितिको नेतृत्वमा होइन, पार्टीले महाधिवेशन सम्पन्न गर्न बनाएको निर्देशन समितिको नेतृत्वमा महाधिवेशन गराउने निर्णय बैठकले गरेको हो ।

११.  विकास आयोजनाहरूलाई द्रूत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरू समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै लागत लाग्ने र जनताले दुःख पाउने अवस्थामा क्रान्तिकारी रुपमा परिवर्तन गर्न निर्देशन दिएका छन् । 

१२. साफ यू–२० महिला च्याम्पियनसिप: भुटानलाई हराउँदै नेपालको  विजयी सुरुवात

साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई हराउँदै  विजयी सुरुवात गरेको छ । 

बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरिना रङ्गशालामा शुक्रबार भएको खेलमा नेपालले भुटानलाई ६–० गोल अन्तरले हराएको हो । 

नेपालका लागि पूर्णिमाले ह्याटिक गरिन । त्यस्तै सेनु परियारले २ गोल गरिन्। केल्देन वाङ्गमोले सान्त्वना गोल फर्काइन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप