शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार: प्रधानमन्त्रीमाथि कारबाहीको माग, काठमाडौँ महानगरपालिकाले ल्यायो बजेट

सोमबार, ३० असार २०८२, ०० : ००
सोमबार, ३० असार २०८२

दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा ‘१२ बजे १२ समाचार’ लिएर उपस्थित भएका छौँ–

१. प्रधानमन्त्रीमाथि कारबाहीको माग

स्पेनमा मानव तस्करीमा संलग्न प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परेको छ । युवराज सफल नामका व्यक्तिले अख्तियारमा आइतबार निवेदन दर्ता गरेका हुन् ।

२. काठमाडौँ महानगरपालिकाले ल्यायो बजेट 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गरेको छ ।  महानगरपालिकाले बजेट ल्याउनुपर्ने अन्तिम समयमा १९ दिन ढिला गरी बजेट ल्याएको हो ।

३. राजेन्द्र लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदीले दिए उजुरी

जावादी नेता नवराज सुवेदीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई विधान विपरीत अनुशासन समिति अध्यक्ष पदबाट हटाएको भन्दै उक्त निर्णय बदरको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् । आइतबार आयोग पुगेर उनले ७ बुँदे उजुरी दिएका हुन् ।

४. संघीय कर्मचारीलाई दश वर्षसम्म प्रदेश सचिवमा नखटाउन माग

बागमती प्रदेशका सचिवसहितका २० कर्मचारीले संघीय कर्मचारीलाई दश वर्षसम्म प्रदेश सचिव पदमा कामकाज गर्न खटाउने प्रावधान नराख्न माग गरेका छन् ।

५. छाउगोठमा अकालमै ज्यान गुमाउँदै महिला

छाउपडी सुदूरपश्चिम प्रदेशका दुर्गम पहाडी जिल्लाहरू, त्यसमा पनि विशेषगरी अछामको कहालीलाग्दो कुप्रथा हो।  त्यही कुप्रथाका कारण धेरै महिला तथा किशोरीहरूको छाउगोठमा ज्यान गइसकेको  छ। 

६. कहाँ पुग्यो प्रधानमन्त्रीको भारत भ्रमणको तयारी ?

प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणबाट फर्किएपछि भारत भ्रमणको मिति तय हुने भनिएको थियो । तर फर्किएको एक हप्ताभन्दा बढी भइसक्दासमेत मिति तय हुन सकेको छैन । भारत भ्रमणको विषयलाई लिएर परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारी दिल्ली गएर फर्किसकेका छन् ।

७. रसुवामा मनसुनजन्य विपद्को जोखिम कायमै

रसुवा जिल्लामा मनसुनजन्य विपद्को सम्भावना कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रशासनले आइतबार एक सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभाग र चीनतर्फबाट प्राप्त सूचनाका आधारमा आगामी दिनमा भारी वर्षा भई नदीहरूको बहाव बढ्न सक्ने देखिएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको हो । 

८. विपद् तयारीबारे सांसदहरूको सुझाव

मनसुनजन्य बाढी पहिरोजस्ता विपद्मा परेका नागरिकको तत्काल उद्धारका लागि गृहमन्त्रालयको आफ्नै हेलिकप्टर व्यवस्था गर्न सांसदहरूले माग गरेका छन् । 

९. विद्यालय शिक्षा विधेयकः शिक्षक महासंघ असन्तुष्ट

लामो समयदेखि चर्चामा रहेको विद्यालय शिक्षा विधेयक अघि नबढेपछि नेपाल शिक्षक महासंघ असन्तुष्ट भएको छ ।  महासंघको आज बसेको विस्तारित कार्यालय बैठकले एकातिर विधेयक पास हुन नसकेको तथा अर्कोतिर विधेयकमा शिक्षकका पेसागत मागहरूलाई बेवास्ता गरिएकोप्रति गम्भीर समीक्षा गरेको छ ।

१०. ७० वर्षे उमेरहद हटाउने प्रस्ताव विधान महाधिवेशनमा लैजाने तयारी

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीको आगामी विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लैजाने बताएका छन् । 
पार्टी केन्द्रीय विभागको संयुक्त भेलालाई केन्द्रीय कार्यालय च्यासलमा आइतबार सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको केन्द्रीय कमिटी बैठकबाट स्थगित गरिएको ७० वर्षे उमेर हद विधान महाधिवेशनबाट अनुमोदन गराउनु केन्द्रीय कमिटीको दायित्व र कर्तव्य भएको स्पष्ट गरेका हुन् । 

११.आज पनि रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधवारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका छन् ।  

१२. भानुभक्त आचार्यको जन्मजयन्ती

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती उपलक्ष्यमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप