शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : रुबीको हत्या आरोपीको मृत्यु, सामाजिक सञ्जाललाई सरकारको म्याद

बुधबार, ११ भदौ २०८२, २२ : ००
बुधबार, ११ भदौ २०८२

सारांश

  • एमाले नेता ऐन महर दम्पतीलाई हाजिर जमानीमा रिहा गरिएको छ।
  • रुबी साह हत्याका मुख्य आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ।
  • प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन्, भने मन्त्रिपरिषद्ले सामाजिक सञ्जाल सञ्चालकलाई सूचीकरण गर्न आह्वान गरेको छ।

आज २०८२ भदौ ११ गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–  

  • हाजिर जमानीमा रिहा

नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महर दम्पतीलाई हाजिर जमानीमा छाड्ने निर्णय गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि काफ्लेले ऐन महर उनकी श्रीमती सनुजा श्रेष्ठलाई हाजिर जमानीमा छाड्ने निर्णय गरेका हुन् ।

  • रुबी साहको हत्या

रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मूख्य आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ । बुधबार उनले आत्मदाह प्रयास गरेका थिए । 

  • सार्वजनिक खरिद निर्देशिका

सरकारले सार्वजनिक पूर्वाधार सञ्चालन व्यवस्थापन र मर्मत सेवा खरिदलाई व्यवस्थित गर्न सेवा प्रदायक मार्फत सार्वजनिक खरिद निर्देशिका-२०८२ कार्यान्वयनमा ल्याएको छ । सार्वजनिक खरिद ऐन २०६३ को दफा ७४ ‘क’ ले दिएको अधिकार प्रयोग गरी सार्वजनिक खरिद अनुगमन कार्यालयबाट तयार पारिएको यो निर्देशिका गत साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो । 

  • बैठकमा लफडा

सुनसरीको धरान उपमहानगरपालिकामा चालु आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम पेस गर्ने समयसीमा डेढ महिना बितिसक्दा पनि बजेट आउन सकेको छैन । बुधबार २७ एजेण्डामा छलफल गर्न बसेको कार्यपालिका बैठक पनि आन्तरिक विवादले निष्कर्षविहीन भएको छ । 

  • न्यायालय

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत सम्बन्धी विवाद मुद्दामा समर्थन फिर्ता लिएको कागजात झिकाउने आदेश गरेको छ ।

सर्वोच्च अदालतले मातृत्व र पितृत्व पत्ता लगाउने पद्धति डीएनए गुण परीक्षण सबैभन्दा प्रमाणिक, वास्तविक एवं यथार्थ र वैज्ञानिक मान्नुपर्ने भनी व्याख्या गरेको छ । 

सर्वोच्च अदालतले अनलाइनबाट हुने जुवा र सट्टेबाजीका गतिविधि नियन्त्रण गर्न नसक्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

दुई महिनापछि सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले गोला प्रक्रियाबाट संवैधानिक इजलास गठनको प्रस्तावका कारण विवाद भएपछि दुई महिनादेखि इजलास बस्न सकेको थिएन । 

  • एमालेमा संघर्ष

गत असार १४ गते पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरिन् । साउन ५ मा सम्पन्न एमाले केन्द्रीय समिति बैठकले पार्टीकी पूर्वउपाध्यक्ष भण्डारीको सदस्यता नवीकरण ‘पेन्डिङ’मा राख्ने निर्णय गर्‍यो । त्यसयता एमालेभित्र अन्तरसंघर्ष चर्किएको छ । 

  • नजिकिएका राई र महतो

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी (रामुपा) का अध्यक्ष राजेन्द्र महतोको निकटता बढेको छ । आफू नेतृत्वका पार्टीबिच कार्यगत एकता गरेर जाने उनीहरुले केही दिनअघि नै घोषणा गरिसकेका छन् । 

  • प्रधानमन्त्रीकाे चीन भ्रमण

 प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा यही अगस्ट ३० देखि सेप्टेम्बर ३ (भदौ १४ देखि १८)सम्म जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । 

  • क्याबिनेट निर्णय

सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन सात दिनको म्याद दिई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणको लागि आह्वान गर्ने निर्णय गरिएको छ ।

  • अन्तर्वार्ता

 २०५४ सालमा विद्यार्थी राजनीति हुँदै नेपालको वाम आन्दोलनमा होमिएका अशेष घिमिरे हाल नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो सदस्य छन् । प्रस्तुत छ, घिमिरेसँग रातोपाटीकर्मी नरेश ज्ञवालीले गरेको कुराकानी :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप