१२ बजे १२ समाचार: तीन उद्योगले तिरे डेडिकेटेड लाइन महसुल, नियमित महाधिवेशनको बाटोमा कांग्रेस
सारांश
- उद्योगहरूले डेडिकेटेड लाइनको बक्यौता रकम तिर्न सुरु गरेका छन्, जसमा सम्राट् सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिज छन्।
- कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिरमा महाधिवेशन गर्ने बाटोमा अघि बढेको छ, र बैठकमा विभिन्न प्रस्तावहरू प्रस्तुत गरियो।
- राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी अभियन्ताहरूलाई फागुन २१ गते हुने निर्वाचन सफल पार्न आग्रह गरे।
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ–
१. तीन उद्योगले तिरे डेडिकेटेड लाइन महसुल
डेडिकेटेड तथा ट्रंक लाइनबाट बिजुली प्रयोग गरेका उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न थालेका छन् ।
किस्ता तिर्ने उद्योगहरूमा सम्राट् सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिज छन् ।
यी तीनवटै उद्योगले पहिले किस्ताबन्दीको सुविधा लिएर बक्यौता तिर्न थालेका थिए तर २८ किस्ता सुविधा लिएर केही रकम तिरेपछि गत वैशाखदेखि किस्ता तिर्न छोडेका थिए ।
२. नियमित महाधिवेशनको बाटोमा कांग्रेस
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पनि बस्ने भएको छ । असोज २८ मा प्रारम्भ भएको बैठक बिहीबार भने कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको थियो ।
बैठकको प्रारम्भमा कार्यवाहक सभापति खड्काले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बैठकलाई जानकारी गराए भने भने महामन्त्री गगनकुमार थापाले विभिन्न प्रस्तावहरू प्रस्तुत गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
३. जेनजीलाई शीतलनिवासमा स्वागत
राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनलाई सफल पार्दै इतिहास रच्न जेनजी अभियन्ताहरूलाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार शीतल निवासमा अन्तरिम सरकारसहित जेनजी अभियन्ताहरूसँगको छलफलमा यस्तो आग्रह गरेका हुन् ।
४. हजारौँ मुद्दाका फाइल जले
जेनजी विद्रोहका क्रममा जलाइएको जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरमा हजारौँ मिसिल तथा महत्त्वपूर्ण कागजात नष्ट भएका छन् ।
भदौ २३ र २४ गतेको आगलागीबाट प्रभावित भएको मोरङ जिल्ला अदालतले आगामी कार्तिक १२ गतेदेखि नियमित सेवा प्रवाह पूर्ण रूपमा सुचारु गर्ने घोषणा गरेको छ । तर, अदालतमा अभिलेख तथा विचाराधीन मुद्दाका कागजात ठुलो मात्रामा नष्ट हुँदा न्यायिक प्रक्रिया कसरी अगाडि बढाउने भन्ने अन्योल छ ।
५. एमाले
पार्टी निर्देशन र अनुशासनविपरीत कसैले बोले या कुनै गतिविधि गरे नेकपा एमालेले कडा कारबाही गर्छ । तर जेनजी आन्दोलनपछि अध्यक्ष केपी शर्मा ओलीको बोली पार्टीभित्रै कमजोर सुनिन थालेको छ । कमजोर यसअर्थमा कि, उनको चेतावनी बाबजुद केन्द्रीय सदस्यहरूले उनैलाई गल्ती स्विकारेर नेतृत्व छाड्न र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता खुलाउन दबाब दिन थालेका छन् ।
६. राजदूत फिर्ता
सरकारले पूर्ववर्ती सरकारले नियुक्त गरेका विभिन्न देशका ११ राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, संयुक्त अधिराज्यलगायतका नेपाली आवासीय राजदूत राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह सामाजिक सञ्जालमा ‘लुसिफर’ बनेर तस्बिर पोस्ट गरेका छन् । इन्टाग्रामका फलोअर्सको आग्रह अनुसार उनले लुसिफरको हेयरस्टाइलमा तस्बिर पोस्ट गरेका हुन् ।
८. खेलकुद
९. रसुवागढी नाका
गत असारमा चीनतर्फबाट आएको बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड करिब साढे तीन महिनापछि सञ्चालनमा आएको छ ।
१०. रविबारे आदेश
बिगोबमोजिम रकम बुझाएर थुनाबाहिरबाट मुद्दा लड्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेको मागमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले छविलाल जोशीको फाइल पनि सँगै पेस गर्न आदेश दिएको छ ।
११. जेनजीको परकम्प
जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह भनिएका ‘टीओबी’को टिसर्ट लगाएर पेस्तोल बोक्ने युवकलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । बौद्ध बस्दै आएका तेन्जिङ दावा लामा असोज २६ मा पक्राउ परेका हुन् ।
१२. सेयर र सुन
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकमा १८.४० अंकको गिरावट आएको छ। कारोबार बन्द हुँदा नेप्से सूचक २४८७.१७ विन्दुमा पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण