१० बजे १० समाचार : ‘एकता घोषणासँगै माओवादी र एकीकृत समाजवादी विभाजनतर्फ’ देखि ‘प्रधानमन्त्रीको १४ बुँदे निर्देशन’सम्म
आज २०८२ कात्तिक १७ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा एकता घोषणासँगै माओवादी र एकीकृत समाजवादी विभाजनतर्फ, प्रधानमन्त्रीको १४ बुँदे निर्देशन, जेनजीका मागबारे एमालेको ‘यूटर्न’, निष्कर्षमा पुग्न कांग्रेसको अलमल, डीआईजीमा पाँच जना बढुवा, हिमपहिरोमा ७ जनाको मृत्यु लगायत छन् ।
१. एकता घोषणासँगै माओवादी र एकीकृत समाजवादी विभाजनतर्फ
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ८ दलबिच एकता हुने सहमति भइसकेको छ । एकता प्रक्रिया अघि बढेसँगै दुई प्रमुख दल माओवादी केन्द्र र एकीकृत समाजवादी विभाजनतर्फ अग्रसरसमेत देखिएका छन् । दुवै दलका केही नेताले एकता प्रक्रियाप्रति असहमति राखेका छन् ।
२. प्रधानमन्त्रीको १४ बुँदे निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले कर्मचारी र सुरक्षा निकायलाई १४ बुँदे निर्देशन दिएकी छन् । उनले कानुनको शासन प्रत्याभूत गर्न सबैखाले आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने क्रममा कुनै सम्झौता नगर्न निर्देशन दिएकी हुन् ।
३. जेनजीका मागबारे एमालेको ‘यूटर्न’
जेनजी आन्दोलनको दुई महिना पुग्न लाग्दा नेकपा एमाले बल्ल उनीहरूले उठाएका माग जायज भएको निष्कर्षमा पुगेको छ । ती माग पूरा गर्न सकिने खालको भएको एमालेको भनाइ छ ।
४. निष्कर्षमा पुग्न कांग्रेसको अलमल
नेपाली कांग्रेस आफ्नो महाधिवेशनको सन्दर्भमा अझै निष्कर्षमा पुग्न सकेको छैन । पार्टीभित्र विशेष कि नियमित महाधिवेशन भन्नेबारे बहस जारी छ । यद्यपि पार्टीले ठोस दिशा पहिल्याउन अलमल गरिरहेको छ ।
५. डीआईजीमा पाँच जना बढुवा
नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा भएका छन् । बढुवा समितिको सिफारिसका आधारमा उनीहरूलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको हो ।
६. हिमपहिरोमा ७ जनाको मृत्यु
दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित गौरीशङ्कर तथा रोल्वालिङ हिमशृङ्खला आरोहणका लागि गएका ५ विदेशीसहित ७ जनाको मृत्यु भएको छ । हिमपहिरोमा परेर उनीहरूको मृत्यु भएको हो ।
७. कुलमानको निर्णयलाई चुनौती दिँदै अदालत गए हितेन्द्र
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य उत्प्रेषणको आदेश माग गर्दै सर्वोच्च अदालत गएका छन् । जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारका ऊर्जामन्त्री कुलमान घिसिङले प्राधिकरणबाट सरुवा गरेकोमा उक्त निर्णयलाई चुनौती दिँदै शाक्य अदालत गएका हुन् ।
८. जेनजी आन्दोलनका ४५ सहिदको नाम सार्वजनिक
सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले ४५ जनालाई सहिद घोषणा गरेको हो । गृह मन्त्रालयले सोमबार नै सहिदहरूको सूची सार्वजनिक गरेको छ ।
९. गोपाल किराती नेतृत्वको मोर्चा माओवादीमा समाहित
तीन बुँदे सहमतिसँगै सोमबार गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चा प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा समाहित भएको छ ।
१०. ‘टीओबी’ समूहका लिडर तेन्जिङको डेराबाट गाँजा बरामद
जेनजी प्रदर्शनमा ‘टीओबी’को टिसर्ट लगाएर आतङ्क मच्चाएको आरोप लागेका तेन्जिङ दावा लामाको डेरा खानतलासी गर्दा प्रहरीले ‘गाँजा’ भेट्टाएको छ । प्रहरीले उनलाई असोज २६ मा पक्राउ गरेर अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण