शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
चितवनले कर्णालीलाई हरायो
अपडेट

LIVE UPDATES : चितवनले कर्णालीलाई हरायो

मङ्गलबार, ०२ मङ्सिर २०८२, १६ : ००
Live

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो खेलमा  चितवन राइनोजले  कर्णाली याक्सलाई पराजित गरेको छ । चितवनले कर्णालीलाई चार विकेटले पराजित गरेको हो ।

सोमपालले भने– ब्याटिङ र बलिङ दुवै युनिट राम्रो नहुँदा हार्‍यौँ

काठमाडौँ । कर्णाली याक्सका कप्तान सोमपाल कामीले ब्याटिङ र बलिङ दुवै युनिटमा राम्रो गर्न नसक्दा चितवन राइनोजसँग हार व्यहोरेको बताएका छन् । 

एनपीएलको पहिलो खेलमा चितवनसँग हार व्यहोरेपछि कर्णालीका कप्तान सोमपालले ब्याटिङ  बलिङ दुवैमा राम्रो गर्न नसकिएको बताएका हुन् । 

ओपनर प्रियान्क पन्चलले राम्रो गरिरहँदा अन्य ब्याटरले साथ दिन नसक्नुले पनि इनिङमा रन कम भएको उनले उल्लेख गरेका छन् । त्यसैले पनि २० रन जति कम परेको कप्तान सोमपालको भनाइ छ । उनले चितवनले पनि धेरै राम्रो ब्याटिङ गरेको बताए ।

विदेशी स्टार खेलाडी सहित पोखरा र विराटनगरको यस्तो छ प्लेइङ ११

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले विराटनगर किङ्स विरुद्ध टस जितेको छ ।टस जितेर पोखराले पहिले बलिङ गर्ने निर्णय गरेको छ भने विराटनगरलाई ब्याटिङको निम्तो दिएको छ ।

पोखरामा राष्ट्रिय टोलीका नियमित खेलाडी कुशल भुर्तेलको कप्तानी रहेको छ भने विराटनगरमा सन्दीप लामिछानेको कप्तानी रहेको छ । 

दुवै टिममा स्टार खेलाडीहरू रहेका छन् । 

चितवनले कर्णालीलाई हराउँदा मैदानमा जे देखियो ( तस्बिरहरू)

काठमाडौँ । चितवन राइनोजले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ ।

मंगलबार भएको पहिलो खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले हराएको हो ।

1-582336650_831394213159437_1650132438012637884_n2-582320432_2644458432559470_8013523845050278658_n3-582336650_831394213159437_1650132438012637884_n (1)4-582342240_1214710867165969_5699828029972179554_n5-581967656_1233022365321445_3312867106415812907_n6-582550232_774619918954299_8130963129620399079_n7-585874975_1373466767721854_7308284050589369327_n8-582276755_3225486190954322_2081076263287695286_n9-584536801_1456321315435265_6841391938385023870_n

चितवनको विजयी सुरुवात, कर्णाली चार विकेटले पराजित

काठमाडौँ । चितवन राइनोजले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ ।

मंगलबार भएको पहिलो खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १६७ रनको लक्ष्य पछ्याएको चितवनले १९ ओभर १ बलमा ६ विकेट गुमाउँदै १७१ रन बनायो । चितवनका लागि रवि बोपराले ५२ रनको अर्धशतकीय पारी खेले । ३५ बलमा उनले ३ चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै दीपक बोहराले ४२ रन बनाउँदा शैब जेबले ३८ रनको योगदान गरे । चितवनका कप्तान कुशल मल्लले २० रन बनाए । कर्णालीका लागि कप्तान सोमपाल कामीले २ विकेट लिँदा युनिस सिंह, मार्क वाट र युवराज खत्रीले एक-एक विकेट लिए ।

सोमपालको बलमा सैब जैब आउट

काठमाडौँ । चितवन राइनोजबाट आक्रामक ब्याटिङ गरेका अलराउन्डर सैब जैबलाई कर्णाली याक्सका कप्तान सोमपाल कामीले आउट गरेका छन् ।  

जैबलाई उनले ३८ रन बनाउँदा एलबिडब्लुको धरापमा पारेका हुन् । जैबले १६ बलमा ४ छक्का र २ चौका हान्दै चितवनलाई उकासेका थिए । 

१८ ओभरमा ५ विकटे गुमाउँदै चितवनले १५४ रन बनाएको छ । चितवनको लागि रवि वोपाराले इनिङ सम्हालिरहेका छन् भने अर्जुन साउद भर्खरै क्रिजमा आएका छन् ।

कुशल मल्ल आउट, चितवन संकटमा

काठमाडौँ । चितवन राइनोजका कप्तान कुशल मल्ल १५ बलमा २० रन बनाएर आउट भएका छन् । 

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विरुद्ध चौथो नम्बरमा ब्याटिङ गर्न आएका मल्ल क्याच आउट भएका हुन् । कर्णाली याक्सका कप्तान सोमपाल कामीले गुल्सन झाको हातबाट कुशललाई क्याच आउट गराएका हुन् । 

त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले पछ्याइरहेको छ ।

चितवनको १०० रन पूरा

काठमाडौँ । चितवन राइनोजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्ध १०० रन पूरा गरेको छ । 

त्रिवि क्रिकेट मैदानमा मंगलबार कर्णालीले दिएको १६७ रनको लक्ष्य पछ्याएको चितवनले १३ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै १०० रन पूरा गरेको हो । 

चितवनका लागि क्रिजमा रहेका कुशल मल्लले २० र रवी बोपरारे २८ रन बनाएका छन् ।

कर्णालीविरुद्ध चितवनको १०० रन पूरा

काठमाडौँ । चितवन राइनोजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्ध १०० रन पूरा गरेको छ । 

त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १६७ रनको लक्ष्य पछ्याएको चितवनले १३ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै १०० रन पूरा गरेको हो । 

चितवनका लागि क्रिजमा रहेका कुशल मल्लले २० र रवी बोपरारले २८ रन बनाएका छन् ।

एनपीएल अपडेटः कर्णालीविरुद्ध चितवनको तेस्रो विकेट गुम्यो

काठमाडौँ । कर्णालीविरुद्ध जवाफी ब्याटिङ गरिरहेको चितवन राइनोजले तेस्रो विकेट गुमाएको छ । दीपक बोहोरा ३६ बलमा ४२ रन बनाएर उनी आउट भए । यस क्रममा उनले ६ चौका र एक छक्का बनाए । 

युवराज खत्रीको बलमा सोमपाल कामीबाट उनी क्याच आउट भए ।  

सिद्धार्थ बैंक नेपाल प्रमियर लिग(एनपीएल) अन्तर्गत यो दोस्रो खेल हो । यसअघि पहिला ब्याटिङ गरेको कर्णालीले ३ विकेट १६६ रन बनाएको थियो ।  

चितवनलाई झट्काः पावर प्लेमै दुई विकेट गुम्यो

काठमाडौँ । कर्णाली याक्सविरुद्ध जवाफी ब्याटिङ थालेको चितवन राइनोजले पहिलो पावर प्लेमै २ विकेट गुमाएको छ ।

डेविड मलान ६ बलमा मात्र ६ रन बनाएर आउट भए भने देव खनाल २ बलमा २ रन बनाएर आउट भएका छन् ।  यसअघि पहिला ब्याटिङ गरेको कर्णालीले प्रियांस पन्चलको ९० रनको अर्धशतकीय मद्दतमा १६६ रन बनाएको थियो । 

१६७ रनको विजयी लक्ष्य पछ्याएको चितवनले चार ओभरको समाप्तिमा २ विकेट गुमाए र ३० रन बनाएर खेलिरहेको छ । चितवनका रबि बोपरा र दीपक बोहोरा क्रिजमा छन् । 

पन्चलको अर्धशतकमा कर्णालीद्वारा चितवनलाई १६७ रनको लक्ष्य

काठमाडौँ । प्रियांस पन्चलले ९० रनको अर्धशतकीय पारी खेल्दा कर्णाली याक्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ। 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनायो । 

कर्णालीका लागि पन्चलले ९० रनको अर्धशतकीय पारी खेले । ४८ खेलेका उनले ७ चौका ६ छक्का प्रहार गरे । त्यस्तै पवन शरार्फले २७ रन बनाउँदा म्याक्स ओ’डउडले २० रनको योगदान गरे । 

९० रन बनाएर आउट भए प्रियांक पान्चाल

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा कर्णाली याक्सका ओपनर ब्याट्सम्यान प्रियांक पान्चाल ९० रनमा आउट भएका छन् । 

चितवन राइनोज विरुद्ध ४७ बलमा ७ चौक र ६ छक्का प्रहार गरेर आक्रामक ब्याटिङ गरेका पान्चाल चितवनका रवि वोपराको बलमा देव खनालबाट क्याच आउट गराएर राइनोजलाई दोस्रो सफलता दिएका हुन् ।  

याक्स १६ ओभरमा १२४ रन बनाएर खेलिरहेको छ । याक्सका लागि मार्क वाट र पवन सर्राफ क्रिजमा छन् ।

कर्णाली याक्सको १०० रन पूरा

काठमाडौँ । कर्णाली याक्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा चितवन राइनोजविरुद्ध १०० रन पूरा गरेको छ । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले १३ ओभर ५ बलमा १०० रन बनाएको हो । 

कर्णालीका प्रियान्स पन्चलले ७१ रनमा क्रिजमा खेलिरहेका छन् भने मार्क उड ७ रनमा खेलिरहेका छन् । 

पन्चलको अर्धशतक, कर्णालीले १० ओभर सकिँदा बनायो ७२ रन

काठमाडौँ । प्रियान्स पन्चलको अर्धशतकको सहयोगमा कर्णाली याक्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा चितवन विरुद्ध १० ओभर सकिँदा ७२ रन पूरा गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीका लागि पन्चलले २८ बलमा ५० रन पूरा गरेका हुन् । 

१० ओभरको खेल सकिँदा पन्चलसँगै कर्णालीका लागि क्रिजमा भएका मार्क वाटले १ रन बनाएका छन् ।

जैबको बलमा चितवनलाई पहिलो सफलता

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा कर्णाली याक्स विरुद्ध चितवन राइनोजका सैफ अली जैबको बलमा पहिलो विकेट  झरेको छ । 

जैबको बलमा म्याक्स ओडाउड  आउट भएका हुन् ।   कर्णालीले ६१ रनको साझेदारी गर्दा ओपनर ओडाउडले ३० बलमा २० रन बनाएका थिए । उनलाई जैबले ८.५ ओभरमा बोल्ड गरेका हुन् ।  

कर्णालीका अर्का ओपनर प्रियांक पान्चाल २६ बलमा ४३ रनको आक्रामक पारी खेलिरहेका छन् ।

चितवनविरुद्ध कर्णालीको राम्रो सुरुवात

काठमाडौँ । टस हारेर ब्याटिङमा आएको कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा राम्रो सुरुवात गरेको  छ ।  पावरप्लेको समाप्तिमा कर्णालीले कुनैपनि विकेट नगुमाइ ५१ रन बनाएको हाे । 

दुई विदेशी ओपनर ब्याट्सम्यान चल्दा कर्णालीले राम्रो सुरुवात भएकाे हाे।  प्रियांक पान्चालले १९ बलमा  ३६  रन  र  म्याक्स ओडाउडले १७ बलमा १५ रन बनाएका छन् । 

पहिलो पावर प्लेमा  चितवनले कप्तान कुशल मल्लसहित ४ बल प्रयोग गर्दा विकेट झार्न सकेको छैन ।

यी हुन् चितवन र कर्णालीको प्लेइङ ११

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा  चितवन राइनोजले टस जितेको छ ।  राइनोज र कर्णाली याक्स आमनेसामने हुँदा टस जितेर चितवनले पहिला बलिङ गर्ने निर्णय गरेको हो ।  

दुवै टोली लिगमा विजयी सुरुवात गर्ने दाउमा छन् । युवा अलराउन्डर  कुशल मल्लको कप्तानीमा रहेको चितवनमा सोहेल तनबिर र रवि बोपरा जस्ता अनुभवी खेलाडी छन् भने । 

कर्णालीको प्लेइङ ११ मा  सोमपाल कामी, नन्दन यादव, गुल्सन झा, पवन सर्राफ, युवराज खत्री, मार्क वाट, नजिबुललाह जाद्रान, प्रियांक पान्चाल, अर्जुन भर्ती, म्याक्स ओडाउड र युनिश सिंह ठकुरी रहेका छन् । 

चितवनले जित्यो टस, कर्णालीलाई ब्याटिङको निम्ता

काठमाडौँ ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा  चितवन राइनोजले टस जितेको छ । राइनोज र कर्णाली याक्स आमनेसामने हुँदा टस जितेर चितवनले पहिला बलिङ गर्ने निर्णय गरेको हो ।  दुवै टोली लिगमा विजयी सुरुवात गर्ने दाउमा छन् । 

युवा अलराउन्डर  कुशल मल्लको कप्तानीमा रहेको चितवनमा सोहेल तनबिर र रवि बोपरा जस्ता अनुभवी खेलाडी छन् भने  सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्ससँग राष्ट्रिय टिमका गुलसन झा, नन्दन यादव जस्ता नियमित खेलाडी छन् । 

हिजो भएको लिगको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले स्तब्ध बनाउँदै शानदार सुरुवात गरेको थियो।

‘हाम्रो लक्ष्य क्रिकेटको नयाँ पुस्ता जन्माउनु हो’

विराटनगर । मङ्सिर १ गतेदेखि नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण सुरु भइसकेको छ । गत वर्ष सोचेजस्तो प्रदर्शन गर्न नसकेको विराटनगर किङ्स यो पटक बलियो पुनरागमन गर्ने लक्ष्यमा छ । विश्वस्तरीय खेलाडीदेखि घरेलु प्रतिभासम्मको सन्तुलित टोली बनाएको किङ्सले उपाधि जित्ने मात्र नभई नेपाली क्रिकेटको जगलाई नै बलियो बनाउने दीर्घकालीन योजना लिएर अघि बढेको छ । यही सन्दर्भमा किङ्सका संस्थापक सुयस प्याकुरेलसँग गरिएको कुराकानीको सम्पादित अंश :

गत वर्ष विराटनगर किङ्सको प्रदर्शन एनपीएलमा सोचेजस्तो भएन । लज्जास्पद नै भयो भनियो । यो पटकको तयारी कस्तो छ ?

गत वर्ष हाम्रो प्रदर्शन कमजोर रह्यो, त्यो हामी स्वीकार गर्छौं । तर यो पटक हामीले टिमको तयारी निकै राम्रो गरेका छौँ । हाम्रो स्क्वाड लिस्ट सार्वजनिक भइसकेको छ । हामीले फाफ डु प्लेसिस जस्ता विश्वचर्चित खेलाडीदेखि लिएर विभिन्न देशका उत्कृष्ट खेलाडीहरूलाई टोलीमा अनुबन्ध गर्ने प्रयत्न गरेका छौँ । घरेलु खेलाडीहरूको छनोटमा पनि हामीले निकै ध्यान दिएका छौँ । समग्रमा, टिम सन्तुलित र बलियो बनेको छ र हामी यो पटक उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छौँ ।

एनपीएल : चितवन राईनोजसँग कर्णाली याक्स र विराटनगर किङ्ससँग पोखरा एभेन्जर्स भिड्दै

काठमाडौँ । आज (मङ्गलबार) नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट मैदानमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राईनोज र कर्णाली याक्स भिड्नेछन् ।

त्यस्तै, दिउँसो ४ बजेबाट सुरु हुने दोस्रो खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्ससँग खेल्नेछ । चारै टोली आजको खेलबाट प्रतियोगितामा राम्रो सुरुवात गर्ने लक्ष्यमा हुनेछन्।

साेमबारबाट सुरु भएको लिगमा काठमाण्डु गुर्खाजले साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरिसकेको छ । त्यो जितसँगै गुर्खाजले अङ्क तालिकामा दुई अङ्क जोडेको छ ।

एनपीएल सिजन २ : 'डिशहोम गो' बाट प्रत्यक्ष प्रसारण सुरु

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका खेलको विशेष प्रत्यक्ष प्रसारण डिस मिडिया नेटवर्कको आधिकारिक ओटीटी मञ्च 'डिसहोम गो' मार्फत सुरु भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) बाट प्रसारण अधिकार प्राप्त गरेपछि डिस मिडिया नेटवर्कले प्रशारण सुरु गरेको हो । जसअनुसार  आज साविक विजेता जनकपुर बोल्ट्स र  काठमाडौँ गोर्खाजबिचको खेल प्रशारण गरिएको छ । 

यस संस्करणका एनपीएल खेलहरू विज्ञापनरहित प्रसारण हुने हुँदा दर्शकहरूलाई उच्च गुणस्तरको अनुभव प्रदान गर्ने डिस मिडिया नेटवर्कले जनाएको छ । खेलको प्रत्यक्ष प्रसारण डिसहोम गो एप तथा वेबसाइटबाट मात्र उपलब्ध हुने र युट्युबमा उपलब्ध नहुने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया