बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
एनपीएल LIVE : सुदूरपश्चिमको लगातार दोस्रो जित
LIVE UPDATES

LIVE UPDATES : एनपीएल LIVE : सुदूरपश्चिमको लगातार दोस्रो जित

शुक्रबार, ०५ मङ्सिर २०८२, १८ : ०५
Live

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ ।  खेलको अपडेट–

कुशल भुर्तेलले दोस्रो अर्धशतक हाने

काठमाडौँ । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलको नाममा दोस्रो अर्धशतक लेखिएको छ । उनले आज सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा ३२ बलमा ५३ रन बनाएर अर्धशतक पूरा गरेका हुन् ।

यसअघि उनले विराटनगर किङ्गसविरुद्ध पनि अर्धशतक हानेका थिए । यस्तै चितवन राइनोजका रवि बोपराले पनि जारी प्रतियोगितामा दुई अर्धशतक हाने । जारी प्रतियोगितामा हालसम्म आठ खेलाडीले अर्धशतक हानेका छन् ।

भुर्तेलसहित बोपरा, सुदूरपश्चिम रोयल्सका जोश ब्राउन, सुदूरपश्चिमकै हरमित सिंह, विराटनगर किङ्गसका ब्याटरद्वय लोकेश बम र मार्टिन गुप्टिल, कर्णाली याक्सका प्रियान्क पन्चाल र जनकपुर बोल्ट्सका आशिफ शेखले अर्धशतक हाने ।

एनपीएलः सुदूरपश्चिम शीर्षस्थानमा उक्लियो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा साविकको उपविजेता सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेसँगै चार अङ्कसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ।

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । यस्तै शुक्रबार पोखरा एभेन्जर्सलाई पनि १८ रनले गराएको हो ।

योसँगै पोखरा भने दोस्रो खेलमा पनि पराजित भयो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग पराजित भएको थियो ।

सुदूरपश्चिमले पाेखरालाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । 

शुक्रबार भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्समाथि १८ रनको जित निकालेको हो । 

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरका ८ विकेट गुमाउँदै मात्र १७५ रन बनायो । पोखराको भने यो लगातार दोस्रो हार हो । 17-582637470_1142814848001376_9187977618854242295_n (1)18-584460375_905663718567867_984978795922494694_n19-582764777_1144884567815173_3967563123383525380_n20-584554739_1499563108001221_8019286583447098680_n21-584727896_1783145452346209_5825006421524257140_n22-584411195_2219908531850327_3850618926765917839_n23-583075349_1383199993194436_7607272797967893894_n24-586398043_26143795255210918_3273681992871992840_n25-583173543_1367148408408351_5104791803566102251_n26-dipendra27-Untitled-128-582645364_2694792194193942_5425811491457306460_n29-kusal

एनपीएल : सुदूरपश्चिम र पोखराको खेलमा हुटिङ गर्दै रमाएका दर्शक, तस्बिरहरु

काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट रंगशालामा नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न दर्शकको संख्या निरन्तर बढ्दो छ । अझ आफ्नो मनपर्ने टिमको खेल हेर्न ‘डाइहार्ट’ फ्यानहरुको समेत बाक्लो उपस्थिति हुने गरेको छ । शुक्रबार सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबिचको खेल हेर्न क्रिकेटप्रेमीको बाक्लो उपस्थिति थियो । टिमको सपोर्टमा उनीहरु हुटिङ गर्दै रमाइरहेका देखिन्थे । 

तस्बिरहरु : कृष्ण खड्का/रातोपाटी

NPL SP vs PKR (1)NPL SP vs PKR (2)NPL SP vs PKR (3)NPL SP vs PKR (4)NPL SP vs PKR (5)NPL SP vs PKR (6)NPL SP vs PKR (7)NPL SP vs PKR (8)NPL SP vs PKR (9)NPL SP vs PKR (10)NPL SP vs PKR (11)NPL SP vs PKR (12)NPL SP vs PKR (13)NPL SP vs PKR (14)NPL SP vs PKR (15)NPL SP vs PKR (16)NPL SP vs PKR (17)

सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले देस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्समाथि १८ रनको जित निकालेको हो ।

त्रिवि क्रिकेट मैदानमा शुक्रबार सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरका ८ विकेट गुमाउँदै मात्र १७५ रन बनायो । पोखराका लागि कप्तान कुशल भुर्तेलले ५२ रनको अर्धशतकीय पारी खेले ।

३२ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै पोखराका लागि पहिलो खेलमा चल्न नसकेका जिम्मी निशमले आजको खेलमा २५ बलमा २ चौका र ५ छक्काको सहयोगमा ४७ रन बनाए ।

एनपीएल : त्रिवि क्रिकेट मैदानमा दर्शक खचाखच, तस्बिरहरू

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण शुक्रबारको पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबिचको खेलमा दर्शकको राम्रो उपस्थिति देखिएको छ । त्रिवि क्रिकेट मैदान दर्शकहरू भरिएको छ । 

01-2f22d77b-f9cd-49ae-b560-638cd4318f1c02-6dc07aea-370b-425d-bdd3-874ed2d845e103-61b27049-9840-475e-93bc-1a90773ca7a304-90d3c4f7-ff77-4a4e-9db4-939e0b8bef0d05-330a2aaf-7c92-49ec-ac84-63f8d39ce85506-9331e56c-fbc1-4ceb-bcc2-05109e0922eb07-10018e9c-6537-4a5a-915e-1dcc4471d52f08-a57e68e8-d195-4908-86f5-5a4fb0c7e07809-ac9726c7-14f6-470a-adf3-342112866ac510-b407138a-6a90-4a8b-9127-19cf1c97dbcd11-f653757c-adb8-4f24-9286-3ad73a8266e612-fae0e2f5-0af1-4a71-8744-9902d9746894

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

१३ बलमा ३ रन बनाएर आउट भए अभिषेक, पोखरा सङ्कटमा

काठमाडौँ ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको सुदूरपश्चिम रोयल्ससँगको खेलमा पोखरा एभेन्जर्स सङ्कटमा परेको छ । 

१९४ रनको लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्सले १६.४ ओभरमा १३४ रन बनाउँदा ७ विकेट गुमाएसँगै सङ्कटमा परेको हो ।  

सातौँ विकेटको रूपमा १३ बलमा ३ रन बनाएर अभिषेक गौतम आउट भएका हुन् ।   

अर्धशतक बनाएर कुशल भुर्तेल आउट

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले लगातार दोस्रो अर्धशतक बनाएका छन् । 

त्रिवि क्रिकेट मैदानमा शुक्रबार सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याइ रहेको पोखरका लागि उनले ३१ बलमा अर्धशतक पूरा गरे ।अर्धशतक बनाएसँगै उनी आउट समेत भएका छन् । 

यसअघि कुशलले विराटनगर किङ्सविरुद्धको खेलमा ५९ रनको अर्धशतकीय पारी खेलेका थिए ।

५ विकेट गुमेसँगै दबाबमा पोखरा

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको खेलमा पोखरा एभेन्जर्स दबाबमा परेको छ । सुदूरपश्चिम रोयल्सविरुद्ध १९४ रनको विशाल लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले ११३ रन बनाउँदा ५ विकेट गुमाएको हो ।

पाचौ विकेटको रूपमा युगान्डाका ब्याट्सम्यान सुमित बर्मा ६ रनमा नरेन साउदबाट आउट भएका हुन् ।  १४ ओभरमा पोखराले १२० रन हानेको छ । 

कप्तान कुशल भुर्तेलले इनिङ सम्हाल्दै ४९ रन बनाएका छन् ।

दीपेन्द्रले लिए जिम्मी निशमको विकेट, सुदूरलाई चोथौँ सफलता

काठमाडौँ ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम विरुद्ध १९४ रनको विशाल लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सको पावर प्ले मै ३ विकेट गुमाए पछि इनिङ सम्हालिरहेका जिम्मी निशमको विकेट झरेको छ । सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले निशमको विकेट लिएका हुन् । 

निशमले पोखराका लागि २५ बलमा ४७ रन बनाएका हुन । उनले कप्तान कुशल भुर्तेलसँगको साझेदारी पोखरालाई खेलमा फर्काए पनि दीपेन्द्रले तोडिदिएका हुन् । पोखराले १२ ओभरमा एक सय रन बनाउँदा ४ विकेट गुमेको छ ।

पोखराको कमजोर ब्याटिङ, सुदूरलाई तेस्रो सफलता

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार सुदूरपश्चिमविरुद्ध १९४ रनको विशाल लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले कमजोर ब्याटिङ गरेको छ । 

४.२ ओभरमा ३ विकेटको क्षतिमा पोखराले जम्मा २० रन बनाएको हो । तेस्रो विकेटको रूपमा पोखराले किरण ठगुन्नालाई गुमाएको हो ।

ठगुन्नाले जम्मा ९ रन बनाए । सुदूरपश्चिमका हर्मित सिंहले २ विकेट लिइसकेका छन् ।

सुदूरलाई हर्मितले दिलाए सफलता, पोखराका दुवै ओपनर आउट

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार सुदूरपश्चिमविरुद्ध १९४ रनको विशाल लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले २ ओभरमा लगातार विकेट गुमाएको छ । 

हर्मित सिंहले ओपनर दिनेश खरेललाई ६ रनमा आउट गरे।  त्यसअघि ओपनर एडम  रोसिङटन एक रन मै रन आउट भएका थिए । 

रोसिङटनले ब्याटिङ गरे दौडिँदा अर्का ओपनर दिनेश खरेल नदौडिएपछि उनी रन आउट हुन पुगेका हुन् । २.२ ओभरमा जम्मा ८ रन बनाउँदा पोखराले २ विकेट गुमाएको छ ।

पोखरालाई सुरुमै झट्का, रोसिङटन रन आउट

काठमाडौँ ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम विरुद्ध १९४ रनको विशाल लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सलाई पहिलो ओभरमै झट्का लागेको छ ।  

ओपनर एडम रोसिङटन एक रन मै रन आउट भएका हुन् । रोसिङटनले रन बनाउन दौडिँदा अर्का ओपनर दिनेश खरेल नदौडिएपछि उनी न आउट हुन पुगेका हुन् । 

पोखराले पहिलो ओभर सकिँदा जम्मा ३ रन बनाएको छ ।

सुदूरपश्चिमले पोखरालाई जितका लागि दियो १९४ रनकाे लक्ष्य

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले १९४ रनको लक्ष्य दिएको छ । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९३ रन बनायो । 

सुदूरपश्चिमका लागि जोस ब्राउनले ६८ रनको अर्धशतकीय पारी खेले । ३५ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै विनोद भण्डारीले ४३ बल खेल्दै ४ चौकाको सहयोगमा ४३ रन बनाए । 

सुदूरपश्चिमको झर्‍यो ५ विकेट, सस्तैमा आउट भए हर्मित

काठमाडौँ ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्स विरुद्ध शुक्रबार ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सको ५ विकेट झरेको छ ।

सुदूरपश्चिमले १८ ओभरमा १७६ रन बनाउँदा ५ विकेट गएको हो । पाँचौँ विकेटको रूपमा अलराउन्डर हर्मित सिंह आउट भएका हुन् । ६ बलमा ४ रन बनाएका उनलाई डान डौथवेइटले जिम्मी निशमबाट क्याच आउट गराएका हुन् ।

ओपनर विनोद भण्डारी ४३ रनमा आउट

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सका ओपनर ब्याट्सम्यान विनोद भण्डारी ४३ रन बनाएर आउट भएका छन् । 

४२ बलमा ६ चौका हानेका भण्डारीलाई पोखरा एभेन्जर्सका आकाश चन्दले कप्तान कुशल भुर्तेल मार्फत क्याच आउट गरेका हुन् । 

सुदूरपश्चिमले १६.५ ओभर सकिँदा ४ विकेटको क्षतिमा १७१ रन बनाएको छ ।

पोखरालाई तेस्रो सफलता, कप्तान दीपेन्द्र १५ रनमा आउट

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार सुदूरपश्चिम रोयल्सको ३ विकेट झरेको छ ।  

कप्तान दीपेन्द्र सिंह ऐरी १० बलमा १५ रन बनाएर आउट भएका हुन् । पोखरा एभेन्जर्सका डान डौथवेइटले उनलाई कुशल भुर्तेल मार्फत क्याच आउट गराएका हुन् । 

सुदूरपश्चिमले १६.२ ओभरमा १७० रन बनाएको छ । क्रिजमा ओपनर विनोद भण्डारी र अलराउन्डर हर्मित सिंह छन् ।

जिम्मी निशमले एक ओभरमै २६ रन दिएर लिए एक विकेट

काठमाडाैँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार सुदूरपश्चिम रोयल्सको २ विकेट झरेको छ ।  

पोखरा एभेन्जर्जविरुद्ध आक्रामक ब्याटिङ गरिरहेका सुदूरपश्चिमका स्टार ब्याटर क्रिस लिन १३ बलमा ३१ रन बनाएर आउट भएका हुन् । 

उनले पोखराका स्टार अलराण्डर जिम्मी निशमको एकै ओभरमा २५ रन बनाउँदै विकेट पनि गुमाएका हुन् । 

पोखरालाई पहिलो सफलता, सुदूरका ब्राउन आउट

काठमाडाैँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स र पाेखरा एभेन्जर्सबिचकाे खेल शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी छ । 

आक्रामक सुरुवात गरेकाे सुदूरका ओपनर जोश ब्राउन आउट भएका छन् । 

पोखराविरुद्ध आक्रामक ब्याटिङ सुरुवात गर्दा ब्राउनले ३५ बलमा ६८ रन बनाए । ६ चौका ५ छक्का हानेका उनी पोखराका जिम्मी नीशमले किरण ठगुन्ना मार्फत क्याच आउट गराए। 

ब्राउनको अर्धशतकमा १० ओभरमा सुदूरपश्चिमले बनायो ९९ रन

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबारकाे खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सविरुद्ध आक्रामक ब्याटिङ सुरुवात गर्दा ओपनर जोश ब्राउनले अर्धशतक पूरा गरेका छन् ।

उनले २९ बलमा ३ छक्का र ५ चौका प्रहार गरेका हुन् ।  उनलाई अर्का ओपनर विनोद भण्डारीले २८ रन बनाएर साथ दिइरहेका छन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले १० ओभरमा ९९ सय रन बनाइसकेको छ ।

पावर प्लेमा सुदूरपश्चिमले बनायो ६० रन

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले शुक्रबार पोखरा एभेन्जर्सविरुद्ध पावर प्लेमा ६० रन बनाएको छ । 

सुदूरपश्चिमका ओपनर जोश ब्राउन र विनोद भण्डारीले आक्रामक पारी खेलिरहेका छन् । पावर प्लेको समाप्तिमा सुदूरले बिना कुनै विकेटको क्षतिमा ६० रन बनाएको हो । 

ब्राउनले २१ बलमा ३४ रन भण्डारीले १६ बलमा २० रन बनाएका हुन् ।

पोखराविरुद्ध सुदूरको आक्रामक सुरुवात

काठमाडौँ ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सविरुद्ध शुक्रबार आक्रामक ब्याटिङ गरेको छ । सुदूरपश्चिमका ओपनर  जोश ब्राउन र विनोद भण्डारीले आक्रामक पारी खेलिरहेका छन् । 

४.४ ओभर सकिँदा  ब्राउनले १० बल खेल्दै २६ रन बनाएका छन् भने भण्डारीले १२ बलमा १४ रन बनाएको छ । मंसिर १ गतेदेखि सुरु भएकाे प्रतियाेगिता आगामी मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ । 

एनपीएल : यस्तो छ सुदूरपश्चिम र पोखराको प्लेइङ ११

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा शुक्रबार सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेन्जर्सले टस जितेको छ । टस जितेर पोखराले पहिले बलिङ गर्न लागेको हो भने सुदूरलाई ब्याटिङको निम्तो पाएको छ । 

पहिलो खेलमा विराटनगर किङ्ससँग लज्जास्पद हारेको पोखरा पहिलो जितको खोजीमा रहेको छ भने सुदूरपश्चिम लगातार दोस्रो जित दर्ता गर्ने योजनामा मैदान उत्रने छ । 

सुदूरको प्लेइङ ११ 

सुदूरपश्चिमविरुद्ध पाेखराले बलिङ गर्ने

काठमाडौँ । मंसिर १ गतेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल)मा शुक्रबार साविक उपविजेता सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबिच खेल हुँदै छ ।

अपराह्न चार बजे हुने खेलमा सुदूरपश्चिमविरुद्ध पोखराले टस जितेर बलिङ गर्ने भएको छ ।  

पहिलो खेलमा विराटनगर किङ्ससँग लज्जास्पद हारेको पोखरा पहिलो जितको खोजीमा रहेको छ भने सुदूरपश्चिम लगातार दोस्रो जित दर्ता गर्ने दाउमा छ । 

एनपीएलमा पार्किङ शुल्क उठाएकोप्रति बोल्यो त्रिभुवन विश्वविद्यालय

काठमाडौँ । एनपीएल खेल हेर्न आएका दर्शकबाट पार्किङ शुल्क उठाइएकाे विषयमा त्रिभुवन विश्वविद्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

आज इक सूचना जारी गर्दै विश्वविद्यालयले भनेको छ– 'त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसर भित्र रहेको क्रिकेट रङ्गशालामा नेपाल क्रिकेट सङ्घद्वारा सञ्चालित एनपीएल खेल हेर्नको लागि सहभागी दर्शकहरूले प्रयोग गरेका सवारी साधनहरू रङ्गशालाको आसपासको विश्वविद्यालयको जग्गामा पार्किङ गरे बापत शुल्क लिएको भन्ने कुरामा त्रिविको गम्भीर ध्यानाकर्षण भएको छ ।' 

शुल्क पार्किङ सम्बन्धमा त्रिविद्वारा कुनै पनि व्यक्ति, सङ्घ, संस्थाहरूसँग कुनै सम्झौता नगरेको र अनुमति समेत नदिएको सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया