१० बजे १० समाचार : सिन्डिकेट तोडिएपछि एमाले–कांग्रेसमा उत्साह, दुई वर्षभित्र पुनर्निर्माण सक्ने लक्ष्य
आज २०८२ मंसिर २० गते शनिबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।
१.नेकपाको एकता सन्देशसभा
शनिबार नेपाली कम्युनिष्ट पार्टीले जनकपुरधाममा एकताको सन्देशसभा सम्पन्न गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठसहितका नेताहरुको उपस्थितिमा सन्देशसभा सम्पन्न गरेको हो ।
२.जेनजी आन्दोलन : क्षतिको यकिन विवरण आउनै बाँकी
सरकारले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका सरकारी तथा निजी भौतिक संरचनाहरूको पुनर्निर्माण दुई वर्षभित्र सक्ने लक्ष्य लिएको छ । क्षतिको मूल्याङ्कन प्रतिवेदन केही दिनमा सार्वजनिक गर्ने सरकारले तयारी गरिरहेको छ ।
३.टुट्यो मधेसी दलको ‘सिन्डिकेट’
मधेस प्रदेशमा लामो समयदेखि कायम मधेसवादी दलहरूको ‘सिन्डिकेट’ तोडिएपछि नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरू उत्साहित देखिएका छन् ।
४.अन्ततः हेटौँडामा सुरु भयो सडक विस्तार
लामो समयदेखि अदालती प्रक्रिया र विभिन्न अवरोधका कारण रोकिएको हेटौँडा बजार क्षेत्रको सडक विस्तार कार्य अन्ततः सुरु भएको छ ।
५.शनिबार विशेष
६. एनपीएल
पोखरा एभेन्जर्सले जितसँगै दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको अन्त्य गरेको छ । शनिबार भएको खेलमा चितवन राइनोजमाथि ८ विकेटको जित निकाल्दै पोखराले सिजनको सुखद अन्त्य गरेको हो ।
७. उपत्यकाका नदी सफा गर्न प्रशोधन प्लान्ट बनाउने योजना
सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँ उपत्यकाभित्रका नदीहरुलाई सफा गर्न धेरै फोहोर पानी प्रशोधन प्लान्ट बनाउने तयारी गरिररहेको बताएका छन् ।
८. एमाले
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को घटनापछि देश प्रतिक्रान्ति तर्फ अघि बढेको बताएका छन्। शनिबार नेकपा एमालेको ११औँ महाधिवेशनको लागि नवयुग ई-बुलेटिन शुभारम्भ गर्दै ओलीले प्रतिगमन हटाएर देश र संविधानलाई मूल बाटोमा ल्याउनु आजको आवश्यकता रहेको बताएका हुन्।
९. विद्यालयलाई राष्ट्रिय परीक्षा बोर्डको अनुरोध
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन तोकिएको न्यूनतम उमेर नपुगेर वञ्चित हुने अवस्था आएका विद्यार्थीहरूको जन्मदर्ता सच्याउनका लागि राष्ट्रिय परीक्षा बोर्डले सबै माध्यमिक विद्यालयहरूलाई आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ।
१०. प्रधानमन्त्रीको राजीनामा माग
मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देऊ’ अभियानका एक सदस्य प्रकाश शर्माले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेका छन्।
अभियानले जेनजीको बलबाट प्रधानमन्त्री बनेको अन्तरिम सरकार प्रमुख सुशीला कार्कीले जेनजीकै मागहरूलाई बेवास्ता गरी चुनावको मात्र रटान लगाएको आरोप लगाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण