शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राताेपाटी ब्रिफिङ

१० बजे १० समाचार : आफ्नै वचन तोड्दै प्रधानमन्त्रीले थपिन् मन्त्री, सरकार–जेनजी सम्झौताप्रति दलहरू असन्तुष्ट

शुक्रबार, २६ मङ्सिर २०८२, २२ : ००
शुक्रबार, २६ मङ्सिर २०८२

आज २०८२ मंसिर २६ गते शुक्रबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।

  • सरकार–जेनजी सम्झौताप्रति दलहरू असन्तुष्ट

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले केपी शर्मा ओली नेतृत्वको एमाले-कांग्रेस गठबन्धन सरकार ढल्यो । भदौ २४ गते जेनजी आन्दोलनको रापताप थेग्न नसकेपछि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिए । उनको राजीनामा तत्कालै राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरे । 

याे पनि 

  • एमाले महाधिवेशन

 नेकपा एमालेको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनले देशको राजनीतिलाई तताएको छ । पार्टी नेतृत्वमा हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ ।

  • नेपाली कांग्रेस

नेपाली कांग्रेसका तीन निवर्तमान सांसद फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् । निर्वाचन नलड्ने घोषणा गर्नेमा सहमहामन्त्री बद्री पाण्डे, रामनाथ अधिकारी र राजेन्द्र केसीले निर्वाचन नलड्ने घोषणा गरेका हुन् ।   

  • जेनजी–सरकार सम्झौता कार्यान्वयनमा संवैधानिक जटिलता 

 जेनजी र सरकारबिच भएको १० बुँदे सम्झौता मन्त्रिपरिषद्बाट अनुमोदन भएर राजपत्रमा प्रकाशित भएको छ । सम्झौतामा उल्लेख भएका कतिपय माग पूरा गर्न संविधान संशोधन गर्नुपर्ने हुन्छ । त्यसका लागि चुनावपछि आउने नयाँ सरकारले स्वामित्व ग्रहण गरेर संसद्को दुईतिहाइले अनुमोदन गर्नुपर्छ । 

  • नेकपा रोजेकी मुस्कान : ‘सबै जेनजी एउटै ठाउँमा अटाउनु राम्रो हुन्छ’

१५ वर्षको कलिलो उमेरमा तेजाब आक्रमणबाट गम्भीर घाइते भएकी खातुनले उपचारसँगै हिम्मत नहारी समाजमा हुने गरेका सबै प्रकारका हिंसा विरुद्ध अभियान चलाएकी थिइन् । उनको यही साहसको कदर गर्दै अमेरिकी सरकारले २०७७ सालमा पुरस्कार दिएको थियो । 

  • जेनजी–सरकार सम्झौताको असर

 जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा उच्छृङ्खल गतिविधि गरेको आरोपमा पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर गरिएको छ ।

  • राप्रपा केन्द्रीय समिति बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन २१ गते हुने निर्वाचन र पार्टीका नियमित महाधिवेशनका काम, सङ्गठन निर्माणलाई एकैसाथ परिचालन गर्ने भएको छ ।

  • भिजिट भिसा प्रकरण : तीर्थराज भट्टराईसँग २५ लाख धरौटी माग्ने आदेश

भिजिट भिसामा विदेश जाने नेपालीहरूसँग अवैध रूपमा पैसा उठाएको आरोपमा असुलीधन्दा चलाएको आरोप लागेका सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप