शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: खुलामञ्च सर्वसाधारणका लागि खुलादेखि सोमबारबाट देशव्यापी आन्दोलनको घोषणासम्म

सोमबार, ०७ पुस २०८२, ०० : ००
सोमबार, ०७ पुस २०८२

सारांश

  • काठमाडौं महानगरले खुलामञ्चलाई सर्वसाधारणका लागि खुला गरेको छ, जुन एक दशकदेखि बन्द थियो।
  • विभिन्न राजनीतिक दलहरूले समयमै चुनाव हुनेमा आशंका व्यक्त गरिरहेका छन्, तर सरकारले चुनाव गराउन दृढ रहेको बताएको छ।
  • जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको छ।

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ–

१. खुलामञ्च सर्वसाधारणका लागि खुला 

बन्द भएको करिब एक दशकपछि खुलामञ्चलाई काठमाडौं महानगरपालिकाले आइतबारबाट फेरि सर्वसाधारणका लागि खुला गरेको छ । विश्व ध्यान दिवसको अवसर पारेर महानगरपालिकाले विद्यार्थी, युवा र जनप्रतिनिधिहरूको उपस्थितिमा औपचारिक कार्यक्रम गर्दै खुलामञ्चलाई सार्वजनिक प्रयोगका लागि खुला गरेको गरेको हो ।

२. समयमै चुनाव हुनेमा दलहरुको आशंका 

समयमै चुनाव हुनेमा विभिन्न राजनीतिक दलहरुले आशंका व्यक्त गर्दै आएका छन् । तर सरकारले भने निर्वाचन गराउन चट्टान झै दृढ रहेको बताउँदै आएको छ ।

३. देशव्यापी आन्दोलन गर्ने जेनजी मिराज ढुङ्गाना समूहको घोषणा

जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढुङ्गानाले देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

४. रास्वपाको केन्द्रीय समिति बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बसेको छ । सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका सभापति रवि लामिछाने जेलबाट धरौटीमा छुटेपछि पहिलो पटक बैठक बसेको हो ।

नेपाली कांग्रेसको संस्थापन समूहले महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले आफ्नो काम पूरा गर्न नसक्दा घोषित मितिमा महाधिवेशन हुन नसक्ने अवस्था आएको जिकिर गरेको छ ।

६. हेटौंडामा सडक विस्तार गर्दा ‘धराप’ बनेका घर पन्छाउने श्रमिक जोखिममा

हेटौंडा बजार क्षेत्रमा सडक विस्तारका क्रममा सडक विभागले अतिक्रमण गरी बनाइएका संरचना भत्कायो । ती भत्काइएका घरहरूको अहिले घरधनीले व्यवस्थापनको काम गरिरहेका छन् । तर त्यहाँ काम गर्ने श्रमिकहरुलाई भने जोखिम देखिएको छ ।

७. ८ सीडीओको एकैपटक मन्त्रालय बाहिर सरुवा

मन्त्रिपरिषद्को पुस ३ गते बिहीबार बसेको बैठकले ६० सहसचिवको सरुवा गर्ने निर्णय गर्यो । त्यसमध्ये गृह मन्त्रालय अन्तर्गतका १३ सहसचिवको अन्य मन्त्रालयमा सरुवा भयो । सरुवा हुनेमा ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)पनि छन् ।

८. मधेसको सभामुखमा रामअशिष यादव विजयी

मधेस प्रदेशसभाको सभामुखमा रामअशिष यादव विजयी भएका छन् । मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आइतबार निर्वाचन भएको थियो ।

९. कांग्रेसका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर

विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जनाले पुनस्र्थापनाका पक्षमा हस्ताक्षर गरेका छन् । पार्टीका शीर्ष तहका नेताले भने पुनस्र्थापनाका पक्षमा हस्ताक्षर गरेका छैनन् ।

१०. थाइल्याण्ड–म्यानमारमा अलपत्र नेपाली

गेमको नाममा अनलाइन स्क्यामिङका लागि थाइल्याण्ड, म्यानमार पुर्‍याइएका नेपालीहरू अलपत्र परिरहेका छन् । तीमध्ये कतिपयलाई सरकारले उद्धार गरेर ल्याइरहेको छ । 

११. प्रधानमन्त्री र रवि लामिछानेबिच भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइबार साँझ उनीहरूबिच भेटवार्ता भएको हो । 

१२. खेलकुद

  •  थप समाचारहरु:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप