१० बजे १० समाचार : बाबुराम भट्टराईको ‘यु-टर्न’, गगन थापा प्रधानमन्त्रीको उम्मेदवार
आज २०८२ माघ ९ गते शुक्रबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।
- बाबुरामको ‘यु-टर्न’
प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।
थप
नेपाली कांग्रेसले विशेष महाधिवेशन (पुस २७–३०) बाट सर्वसम्मत सभापतिमा चयन भएका गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा होमिने निर्णय गरेको छ ।
- प्रतिनिधि सभा निर्वाचन
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा ३ हजार ४ सय ६ जना उम्मेदवार भिड्ने भएका छन् ।
- राष्ट्रियसभा निर्वाचनमा राप्रपा सहभागी नहुने
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी नहुने भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टीको सम्पूर्ण शक्ति प्रतिनिधिसभा सदस्य निर्वाचनमा केन्द्रित भएकाले राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने जानकारी दिए ।
- अर्थ
प्रतिनिधि सभा निर्वाचनमा छुट्टै बैंक खाताको व्यवस्था गरिदिन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरिएको छ ।
थप
- प्रदेश समाचार
झापा–५ सधैंजसो नेपाली राजनीतिक शक्ति सन्तुलनको एउटा बलियो प्रतीक मानिन्छ । यो वामपन्थी आन्दोलनको त्यो ऐतिहासिक गढ हो, जसले राष्ट्रिय राजनीतिलाई नयाँ दिशा दिने कयौँ नेतृत्व जन्माएको छ ।
थप
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण