१२ बजे १२ समाचार: ७ जिल्ला भ्याएर फर्किए बालेनदेखि प्रधानमन्त्रीको बहसका लागि ओली तयारसम्म
सारांश
- बालेन काठमाडौँ फर्केका छन्, उनी जनकपुरको सभामा सहभागी भएका थिए।
- नेकपाले हरिबोल गजुरेलसहित सात नेतालाई पार्टीबाट निष्कासन गरेको छ, उनीहरूले पार्टीको निर्देशन उल्लंघन गरेका थिए।
- जेनजी अभियन्ता अजय सोडारी आमरण अनशनमा छन्, उनको स्वास्थ्य अवस्था चिन्ताजनक छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. ७ जिल्ला भ्याएर फर्किए बालेन
काठमाडौँको प्रमुख पदबाट राजीनामा दिएर सोझै मधेस प्रदेशको राजधानी जकपुरको सभामा सहभागी भएका बालेन त्यसको ७ दिनपछि संघीय राजधानी काठमाडौँ फर्किएका छन् ।
२. प्रधानमन्त्रीको बहसका लागि ओली तयार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका उम्मेदवारहरूबिच सार्वजनिक बहसका लागि आफू ‘बिल्कुल’ तयार रहेको बताएका छन् ।
३. नेकपाबाट सात नेता निष्कासित
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले हरिबोल गजुरेलसहित सात नेतालाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध पार्टी निर्देशन विपरीत उम्मेदवारी गर्दा गरेको तथा सो कार्यमा सघाएको आरोपमा उनीहरुलाई कारबाही गरिएको हो ।
४. मकवानपुरमा ४४ जनाको उम्मेदवारी कायम
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरका दुई निर्वाचन क्षेत्रबाट मनोनयन दर्ता गराएका ४४ जनाको उम्मेदवारी कायम रहेको छ। निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार दुवै क्षेत्रका उम्मेदवारमध्ये कसैले पनि मनोनयन फिर्ता नलिएकाले ४४ जनाको उम्मेदवारी कायम भएको हो।
५. उपेन्द्र यादवको चुनावी परीक्षा
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा निर्वाचनमा सुरक्षित स्थान खोज्दै सप्तरी क्षेत्र नम्बर–३ पुगेका छन्।
६. राष्ट्रियसभा निर्वाचन
आइतबार हुने राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशका पालिका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष तथा प्रदेशका सांसदहरू विराटनगर केन्द्रित भएका छन् ।
७. प्रतिनिधिसभा निर्वाचन
आसन्न निर्वाचनमा सिन्धुपाल्चोकमा त्रिपक्षीय भिडन्त निश्चित छ । सिन्धुपाल्चोकका दुई वटा निर्वाचन क्षेत्रमा खासगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेकपा (एमाले) र नेपाली कांग्रेसबिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
८. समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारबारे उजुरी
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक दलले पेस गरेको बन्द सूचीमा सूचीकृत तीन जना उम्मेदवारका बारेमा उजुरी परेका छन् ।
९. जेनजी अभियन्ता अजय सोडारी आमरण अनशनमा
६ दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा बसिरहेका जेनजी अभियन्ता अजय सोडारीको स्वास्थ्य अवस्था प्रतिकूल बन्दै जान थालेको छ ।
१०. शनिबार विशेष
११. धेरै जिल्लामा वर्षा र हिमपात
पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार साँझदेखि मौसम बदली भई धेरै जिल्लामा वर्षा र हिमपात भएको छ । वर्षा भने आज अपराह्नबाट रोकिएको छ ।
१२. खेलकुद
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण