शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: मुलुकी संहिताको प्रावधानलाई चुनौतीदेखि निर्वाचन नजिकिँदै गर्दा स्वदेश फर्किनेहरू बढेसम्म

बिहीबार, २९ माघ २०८२, ०० : ०१
बिहीबार, २९ माघ २०८२

सारांश

  • १८ वर्षका नागरिकले विवाह गर्दा राज्यले अपराधी करार गर्छ।
  • निर्वाचन नजिकिँदै गर्दा विदेशमा बस्ने नेपालीहरू मतदानका लागि स्वदेश फर्किँदैछन्।
  • अख्तियार प्रमुखलाई धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्, भने अमेरिकी कमाण्डर नेपाल आउँदैछन्।

काठमाडौँ । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ ।

१. मुलुकी संहिताको प्रावधानलाई चुनौती

नेपालको संविधानले १८ वर्ष उमेर पुगेका नागरिकलाई ‘बालिग’ मानेर देशको प्रधानमन्त्री र प्रतिनिधि छान्ने अधिकार (मताधिकार) प्रत्याभूत गरेको छ । तर अचम्म, तिनै १८ वर्षका ‘बालिग’ नागरिकले आफ्नो जीवनसाथी रोजेर विवाह गरे राज्यले उनीहरूलाई ‘अपराधी’ करार गर्छ ।  

२. निर्वाचन नजिकिँदै गर्दा स्वदेश फर्किनेहरू बढे

यसपटकको निर्वाचनका लागि विदेशमा बस्ने नेपालीहरूले पनि निकै चासो देखाइरहेका छन् । यसअघि विदेशमा बस्नेहरुलाई मतदानको अधिकार दिनेबारे छलफल भएको थियो, तर प्रयास असफल भएपछि विदेशमा बस्ने नेपालीहरू मतदान गर्न धमाधम स्वदेश फर्किन थालेका छन् । 

३. चुनावी चर्चा 

प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा महोत्तरी–३ का मतदातामा खासै उत्साह देखिएको छैन । विगतका निर्वाचनमा आफूले जिताएर पठाएका जनप्रतिनिधिले जनभावना अनुसारका काम गर्न नसकेका कारण आसन्न निर्वाचनप्रति खासै उत्साह नभएको मतदाता बताउँछन् ।

४. अदालत 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित १० जनालाई ज्यान मार्ने धम्की दिएको आरोपमा प्रकाश पाठक पक्राउ परेका छन्। 

थप

५. नेकपाको घोषणापत्रमा अर्थतन्त्र

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूले आफ्ना घोषणापत्र सार्वजनिक गर्न थालेका छन् । मंगलबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशको आर्थिक कायापलट गर्ने भन्दै आफ्नो महत्त्वाकांक्षी प्रतिबद्धता पत्र (घोषणा पत्र) ल्यायो ।

६. कैलाली–१: रेशम चौधरीको गढमा यस पटक कसले रच्ला इतिहास ?

टीकापुर घटनापछिको राजनीतिक परिवेशमा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कैलाली क्षेत्र नम्बर १ रेशम चौधरीको गढका रूपमा रहँदै आएको छ । टीकापुर घटनाको मुख्य योजनाकारका रूपमा अदालतबाट दोषी ठहर भइ कैद भुक्तानसमेत गरेका चौधरीले थारु बाहुल्य सो क्षेत्रमा थारु समुदायको आवाज उठाउँदै आएका छन् ।

७. ग्यास बिक्री वितरणको व्यवस्था 

बजारमा खाना पकाउने ग्यास (एलपीजी)को अभाव भएको गुनासो बढेपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित कार्यालयबाटै बिक्री वितरणको व्यवस्था मिलाएको छ ।

८. टी–२० विश्वकप 

कडा संघर्षका बाबजुद जितको नजिक पुगेर रोकिएको नेपालले बिहीबार टी–२० विश्वकपको समूह ‘सी’ को खेलमा प्रतियोगितामा डेब्यु गरिरहेको इटालीसँग भिड्दैछ। यो खेलमार्फत नेपाल आफ्नो लामो समयदेखिको जितविहीन यात्रा टुंग्याउने लक्ष्यमा हुनेछ।

थप

९. तिग्रापानी गाउँका मतदातालाई छैन चुनावबारे जानकारी

देश निर्वाचनमय बनिरहेको अवस्थामा समेत बागलुङको तिग्रापानी गाउँ शान्त छ । गाउँले आफ्नै धुनमा दैनिकी चलाइरहेका छन् । माघ अन्तिम सातासम्म पनि कठ्याङ्ग्रिदो चिसो छ । चिसोका कारण बिहान–बेलुका जनजीवन कष्टकर नै छ ।

१०. अख्तियारको ३५ औँ स्थापना दिवस 

राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि नभएर यो राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको बताएका छन् । 

११. अमेरिकन इन्डो प्यासिफिक कमाण्डर नेपाल आउँदै

संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल सामुएल पापारो बिहीबार नेपाल आउने भएका छन् । ३ दिने औपचारिक भ्रमणका लागी उनी भोली नेपाल आउन लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

१२. अपराध 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप