बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
राताेपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: यस्ता छन् आजकाे प्रमुख समाचार

आइतबार, ०८ चैत २०८२, ०० : ००
आइतबार, ०८ चैत २०८२

सारांश

  • शेरबहादुर देउवा हङकङ प्रस्थान गरे भने उज्यालो नेपाल पार्टीले १४ सदस्यीय सचिवालय गठन गरेको छ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माणको दायित्व पूरा गर्न आह्वान गरे, र सशस्त्र प्रहरीका गुल्मपतिलाई मुख्यालय तानिएको छ।
  • इद उल फित्र देशभर हर्षोल्लासका साथ मनाइयो, कोशी प्रदेशमा हावाहुरी र चट्याङका कारण जनजीवन प्रभावित भएको छ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।

१. कांग्रेस पूर्वसभापति देउवा हङकङ प्रस्थान

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान गरेका छन् ।

२. उज्यालो नेपाल पार्टीको १४ सदस्यीय सचिवालय

उज्यालो नेपाल पार्टीको सचिवालय गठन भएको छ । शुक्रबार मध्यरातसम्म बसेको बैठकले अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा सचिवालय गठन गरेको हो । 

३. राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा नागरिक स्वतन्त्रताका लागि भएका हरेक सङ्घर्ष र बलिदानीपूर्ण आन्दोलनहरूमा मधेसी समुदायको भूमिका ऐतिहासिक र महत्त्वपूर्ण रहेको बताएका छन् ।

४. सशस्त्र प्रहरीका गुल्मपतिलाई मुख्यालय झिकाइयो

कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रदीप पौडेलसहितका कर्मचारीलाई  प्रधान कार्यालय झिकाइएको छ । 

५. इनिशा हत्या प्रकरणबारे प्रहरी महानिरीक्षक कार्कीको प्रतिक्रिया

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले इनिशा विक हत्या प्रकरणमा तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको बताएका छन् ।

६. पश्चिम एसिया तनाव 

पश्चिम एसियामा जारी द्वन्द्वका कारण नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिमा हालसम्म प्रत्यक्ष प्रभाव नपरेको नेपाल आयल निगमले स्पष्ट पारेको छ ।

७ हर्षोल्लासका साथ मनाइयो इद

इस्लाम धर्मावलम्बीहरूको ठुलो पर्व इद उल फित्र (इद) शनिबार हर्षोल्लासका साथ देशभर मनाइएको छ । पवित्र महिना रमजानको एक महिनाको लामो कठोर व्रत ९रोजा० पछि इदगाहहरूमा बिहान इद उल फित्र इदको सामूहिक नवाज पढिएको हो ।

८‍. कोशी प्रदेशभर प्रहरीलाई ‘हाइ अलर्ट’ मा बस्न निर्देशन

कोशी प्रदेशमा हावाहुरी र चट्याङका कारण जनजीवन प्रभावित भएको छ। प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विनोद  घिमिरेका अनुसार सोलुखुम्बुमा चट्याङ लागेर केही बाख्राहरू मरेका छन्।

९. नयाँ प्रणालीबाट राहदानी छपाई गर्ने विभागको तयारी

राहदानी विभागले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बाट पूर्ण रूपमा विद्युतीय राहदानी (ई–पासपोर्ट) को नयाँ र परिष्कृत प्रणालीमा जाने तयारी अन्तिम चरणमा पुगेको छ ।

१०. शनिबार विशेष

११. चीनको रोबोटिक्स क्रान्ति

साङ्घाईमा मुख्यालय रहेको गुची रोबोटिक्सका संस्थापक चेन लियाङ झट्ट हेर्दा एक शान्त र गम्भीर व्यक्तिका रूपमा देखिन्छन्। ४० वर्षको उमेरका, अग्ला र चश्मा लगाउने चेनको स्वभाव सामान्यतया साधारण छ, तर जब उनी आफूले बनाएको प्रविधि वा भविष्यमा रोबोटले मानिसलाई विस्थापित गर्ने विषयमा छलफल गर्छन्, उनको अनुहारमा एउटा छुट्टै उत्साह र चमक देखिन्छ।

१२. के शरीरलाई मौसमी एलर्जीविरुद्ध लड्न तालिम दिन सम्भव छ?

यो एउटा यस्तो आशा हो, जुन इम्युनोथेरापीको एक नयाँ पद्धतिले प्रदान गरिरहेको छ। यस पद्धतिले एउटा पुरानो उपचार विधिलाई नयाँ ढङ्गले पुनर्जीवित मात्र गरेको छैन, बरु करोडौँ मानिसहरूका लागि राहतको नयाँ ढोका पनि खोलेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप