संवैधानिक परिषदले पायो पूर्णता, निर्वाचनबाट शून्यमा झरेका मधेसवादी दल अब कसरी उठ्लान् ?
सारांश
- संवैधानिक परिषदले नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गरेसँगै पूर्णता पाएको छ ।
- अर्थ मन्त्रालयले मुलुकको विद्यमान आर्थिक अवस्था, चुनौती र भावी बाटो समेटेर श्वेतपत्र जारी गरेको छ ।
- निर्वाचनमा इतिहासकै कमजोर अवस्थामा पुगेका मधेसवादी दलहरूले ठोस निर्णय गर्न सकिरहेका छैनन् ।
काठमाडौैँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. संवैधानिक परिषदले पायो पूर्णता
नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गरेसँगै संवैधानिक परिषदले पूर्णता पाएको छ । प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको डेढ महिनापछि कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता चयन गरेको छ । कांग्रेस प्रमुख प्रतिपक्षी दल हो । प्रमुख प्रतिपक्षी दलको नेता संवैधानिक परिषदको सदस्य रहने प्रावधान छ ।
२. अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र
अर्थ मन्त्रालयले मुलुकको विद्यमान आर्थिक अवस्था, चुनौती र भावी बाटो समेटेर श्वेतपत्र जारी गरेको छ । सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले श्वेतपत्र जारी गरेका हुन् ।
३. कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे चयन
नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे चयन भएका छन् । उनी सर्वसम्मत रूपमा दलको नेता चयन भएका हुन् ।
४. निर्वाचनबाट शून्यमा झरेका मधेसवादी दल अब कसरी उठ्लान् ?
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा मधेसवादी दल इतिहासकै कमजोर अवस्थामा पुगेका छन् । पार्टीका विभिन्न गतिविधि भइरहे पनि उनीहरूले देखिने गरी कुनै ठोस निर्णय गर्न सकिरहेका छैनन् ।
५. नेकपाको महाधिवेशन आगामी मंसिरका लागि प्रस्ताव
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठकमा आगामी मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरिएको छ ।
६. सुकुमबासीको आवास अधिकार सुनिश्चित गर्न माग गर्दै रिट दर्ता
देशभरका सुकुमबासीको आवासको अधिकार र न्याय सुनिश्चित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । रिटमा भूमिहीन सुकुमबासीहरूलाई उचित वैकल्पिक व्यवस्था नगरी बलपूर्वक हटाउन खोजिएको जिकिर गर्दै त्यसलाई रोक्न माग गरिएको छ ।
७. सशस्त्र प्रहरी महानिरीक्षकमा पौडेल नियुक्त
सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा एआईजी नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
८. माइतीघरमा भुतलाभुतल
नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र शोभा पाठकबिच माइतीघरमा भुतलाभुतल भएको छ । सोमबार भएको उक्त घटनाबारे दुवै पक्षले एक अर्कामाथि दोषारोपण गरेका छन् ।
९.रास्वपाको बैठकमा बालेन निरन्तर अनुपस्थित
प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह पार्टीको बैठकमा सहभागी हुन छाडेका छन् । यद्यपि रास्वपाका नेता आवश्यकता अनुसार प्रधानमन्त्री बालेन पार्टीको बैठकमा पनि सहभागी हुने दाबी गर्छन् ।
१०. १८ वर्षमा तीन पटक गुरुयोजना फेरियो, करोडौँ खर्चको छैन हिसाब
झापाको गौरादह नगरपालिका वडा नम्बर १ मा रहेको गौरादह पोखरी यतिबेला पर्यटकीय गन्तव्य बनिसक्नु पर्ने थियो । तर, उक्त पोखरी केही नेता र ठेकदारका लागि ‘दुहुनो गाई’ बनेको छ भने करोडौँ लगानी कसरी स्वाहा भइरहेको छ भन्ने नमूना पनि बनेको छ ।
११. पोखरा बसपार्कको जग्गा अतिक्रमण
पोखरा बसपार्कका लागि ९३२ सालमा अधिग्रहण गरिएको जग्गा विभिन्न व्यक्ति र संस्थाले अतिक्रमण गरेका छन् । तत्कालीन समयमा २०७ रोपनी जग्गा अधिग्रहण गरिएकोमा विभिन्न समयमा अतिक्रमण भएर अहिले ५० रोपनी हाराहारीमा खुम्चिएको छ ।
१२. आईपीएल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण